तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा भारतमा कम्तीमा १० जनाको मृत्यु
भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सोमवार विस्फोटनका कारण उक्त दुईतले घर भत्किएको छ।
उद्धारकार्य जारी रहेको छ। घरको भग्नावशेषमा अरू मानिस पुरिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्।
ठूलो विस्फोटनको आवाज सुनिएको र त्यसपछि उक्त घरमा आगो लागेको आफूले देखेको छिमेकीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।
एक वरिष्ठ अधिकारी अवनीश अवस्थीले समाचारसंस्था पीटीआईलाई बताए अनुसार मुख्यमन्त्रीले उक्त घटनामा परेका व्यक्तिका परिवारजनसँग समवेदना प्रकट गर्दै घाइतेहरूलाई सम्भव भएसम्म सबै राहत र चिकित्सकीय सहायता तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।