तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टरिजा मे: ब्रिटिश प्रधानमन्त्री पदबाट हट्न र उत्तराधिकारी चुन्ने योजना बनाउन सहमत
ब्रिटिश प्रधानमन्त्री टरिजा मे तथा उनको कन्जर्भेटिभ दलका वरिष्ठ नेताहरूबीच भएको बैठकपश्चात् ब्रेक्जिटसम्बन्धी अर्को संसदीय मतदानलगत्तै उनको बहिर्गमनको तालिकामा छलफल गरिने सहमति भएको छ।
ब्रिटेनले युरोपेली युनियन छाड्ने ब्रेक्जिटबारेको अर्को संसदीय मतदान जुन महिनाको पहिलो सातामा हुने बताइएको छ।
सूत्रहरूले बीबीसीलाई बताएअनुसार यदि यसअघि तीन पटक अस्वीकृत भइसकेको उनको ब्रेक्जिट योजनालाई संसद्ले फेरि अस्वीकृत गरे उनले राजीनामा दिनेछिन्।
साथै यदि उक्त योजना पारित नै भए पनि उनले जुलाई अन्तिमतिर गर्मी याममा हुने संसद् स्थगन हुनुअघि राजीनामा दिने अनुमान गरिएको छ।
प्रधानमन्त्री मे हटेपछि उक्त पदका लागि बोरिस जन्सनले आफूले दाबेदारी प्रस्तुत गर्ने बताएका छन्।
किन बढ्यो दबाव?
गत वर्षको अन्त्यमा अविश्वासको प्रस्तावमा आफ्नो दलका सांसदहरूले जोगाएको मेलाई विद्यमान नियामानुसार आगामी डिसेम्बर अगावै पुन: त्यसरी चुनौती दिन सकिँदैन।
ब्रेक्जिटको गतिरोध तथा इङ्ग्ल्यान्डमा भएका पछिल्ला स्थानीय चुनावहरूमा उनको दलको खराब प्रदर्शनका माझ मेलाई राजीनामा गर्न दबाव बढेको छ।
बीबीसीकी राजनीतिक सम्पादक लरा क्युन्सबर्ग भन्छिन् - वरिष्ठ सूत्रहरूले सुनाएअनुसार चौथो पटक मेको योजना विफल भए उनी पदमा रहिरहने विषय 'अकल्पनीय' हुनेछ।
उनी भन्छिन्, "अहिलेको अवस्थामा गरिएको प्रक्षेपणअनुसार उक्त योजना पुन: अस्वीकृत हुनेछ। हुन त असम्भव केही छैन।"
हो बन्ला उत्ताधिकारी?
टरिजा मेले सरकारबाट हट्ने घोषणा गरेपछि प्रधानमन्त्री बन्न कन्जर्भेटिभ दलमा थुप्रै आकाङ्क्षी देखा परेका छन्। तीमध्ये भूतपूर्व विदेशमन्त्री बोरिस जन्सन पनि छन्।
संसद्मा ब्रेक्जिटसम्बन्धी मतदान सम्भवत: जुन ४ मा हुनेछ।
युरोपेली संसद्का नयाँ सदस्यहरूले कार्यभार सम्हाल्नुअगाडि नै ब्रिटेनले युरोपेली युनियन त्याग्ने हो भने त्यसको अन्तिम मिति जुलाई १ हो।
हाल बताइएको ब्रेक्जिटको नयाँ समयसीमा चाहिँ अक्टोबर ३१ छ।