ब्रेक्जिट: अक्टोबर ३१ सम्मको नयाँ समयसीमाका लागि यूके र ईयू सहमत

युरोपेली सङ्घ ईयूले पाँच घण्टा लामो छलफलपछि ब्रेक्जिटका लागि छ महिनाको समय थपेको छ।

ब्रिटिश सांसदहरूको अनिर्णयका कारण यूके ईयूबाट बिना कुनै सहमति शुक्रवार बाहिरिने अवस्था अक्टोबर ३१ सम्मका लागि टरेको छ।

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्कले 'ब्रिटिश मित्रहरूलाई कृपया अब समय खेर नफाल्नुहोस्' भन्ने आफ्नो सन्देश रहेको बताएका छन्।

यूकेकी प्रधानमन्त्री टरिजा मेले यूके सकेसम्म छिटो ईयूबाट बाहिरिन चाहेको बताएकी छन्।

यूकेले अब मे महिनामा युरोपेली निर्वाचन गर्नु वा जुन १ मा बिनासहमति बाहिरिनु पर्नेछ।

ईयूले ब्रिटिश संसद्ले अस्वीकार गरेको बाहिरिने पुरानो सहमतिमा भने थप छलफल गर्न अस्वीकार गरेको छ।

मेले जुनको अन्त्यसम्मका लागि समय थप्न चाहेकी थिइन्।

यूकेमा प्रतिक्रिया

एक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीका राजनीतिक सम्पादक लोरा कुन्सबर्गले नयाँ विकासक्रमले मेको लेबर पार्टीमा नेता परिवर्तन भएर जुनमा नयाँ प्रधानमन्त्री हुन सक्ने बताएका छन्।

भूतपूर्व ब्रेक्जिट मन्त्री डेभिड डेभिसले भने, "वास्तव कुनै प्रगति भएको छैन।"

उनले आफूलाई कसरी प्रधानमन्त्री मेले संसदबाट सहमति पारित गराउँछिन् भन्ने बाटो नदेखेको र नयाँ समयसीमा पछि मेमा थप दबाव पर्ने देखेको बताएका छन्।

नयाँ सहमतिका बुँदा

  • 'आवश्यक भएसम्म मात्रै' र 'टाढामा अक्टोबर ३१ सम्मको' ब्रेक्जिटको थप समयसीमा
  • यूकेले युरोपेली सांसदको निर्वाचन गर्नुपर्छ र नगरेको अवस्थामा जुन १ मा ईयूबाट बाहिरिने
  • सहमती सम्झौतामा थप छलफल नहुने