तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डोनल्ड ट्रम्प: के अमेरिकी राष्ट्रपतिबाट हटाउने योजना बनेको थियो
अमेरिकी संसद्को माथिल्लो सदन सिनेटको न्यायिक समितिका सभापतिले सन् २०१७ मा राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनेबारे भएका भनिएका छलफलको जरोसम्म पुगेर अनुसन्धान गरिने बताएका छन्।
सङ्घीय जाँच ब्यूरो (एफबीआई)का भूतपूर्व कार्यवाहक प्रमुख एन्ड्रिउ म्याक्याबले सहमहान्यायाधिवक्ता रोड रोजन्स्टाइनले २५औँ संशोधन भनिने एक संवैधानिक व्यवस्था ब्युँताउन आवश्यक सङ्ख्याबारे आफूसँग कुरा गरेको एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए।
रोजन्स्टाइनले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।
कस्तो व्यवस्था?
यदि राष्ट्रपति कामका लागि अयोग्य भएमा अमेरिकी संविधानको त्यस्तो व्यवस्था ब्युँताएर पदबाट हटाउन सकिन्छ।
यसअघि चिकित्सकीय कारणले आफूलाई बेहोस बनाइँदा राष्ट्रपति रोनल्ड रेगन र जर्ज डब्ल्यू बुशले यस व्यवस्थालाई ब्युँताएका थिए।
त्यो बेला राष्ट्रपतीय अधिकार अस्थायी रूपमा उपराष्ट्रपतिमा सारिएको थियो।
तर उक्त संवैधानिक व्यवस्था ब्युँताउन मन्त्रिपरिषद्मा रहेका १५ मध्ये आठ सदस्य एवम् उपराष्ट्रपतिको स्वीकृति र अमेरिकी संसद् कंग्रेसको दुईतिहाइ बहुमत चाहिन्छ।
त्यस्तो सम्भावना खोजिएको भनिएको उक्त आरोप कुनै नयाँ भने होइन। रोजन्स्टाइनले यसलाई गत सेप्टेम्बर महिनामै 'तथ्यगत रूपमा गलत' भनेका थिए।
उनले भनेका छन्, "मैले तपाईँलाई के कुरा स्पष्ट पार्न चाहन्छु भने जसरी मैले राष्ट्रपतिसँग काम गरेको छु, उक्त संवैधानिक व्यवस्था ब्युँताउने कुनै आधार छैन।"
बहस
आइतवार अमेरिकी टेलिभिजन सीबीएससँग कुरा गर्दै एफबीआईका भूतपूर्व कार्यवाहक निर्देशक एन्ड्रियु म्याक्याबले यो कुरा उठाएपछि बहस पुन: तातेको हो।
म्याक्याबले भनेका छन्, "सहमहान्यायाधिवक्ता निश्चय पनि राष्ट्रपति, उनको क्षमता र त्यस समयमा उनको नियतबारे निकै चिन्तित थिए।"
रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने समितिका सभापति लिन्डसे ग्राह्मले त्यस आरोपलाई 'निकै आश्चर्यलाग्दो' भन्दै भएको के हो भन्ने जनताले थाहा पाउनुपर्ने बताए।
आफ्नो चुनावी प्रचारमा रुस संलग्न भएको आरोपका माझ चलिरहको अनुसन्धानबीच सन् २०१७ मा तत्कालिन प्रमुख जेम्स कोमीलाई हटाइएपछि म्याक्याम एफबीआईको नेतृत्वमा पुगेका थिए।
तर उनी स्वयम् पोहोर सेवा निवृत्त हुनुभन्दा दुई दिनअघि हटाइएका थिए।
यो पनि हेर्नुहोस्