तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बालुवामा टाउको लुकाउने उभयचरको नाम किन डोनल्ड ट्रम्प राखियो
अमेरिकी राष्ट्रपतिहरूले प्रायआफ्नो हिस्साको उचित सम्मान पाउने गर्छन्। तर यो सम्मानलाई डोनल्ड ट्रम्पले नरुचाउन सक्छन्।
हालै मात्र फेला परेको बालुवामा टाउको लुकाउने एक प्रकारको उभयचरको नामको पछाडि डोनल्ड ट्रम्प थपिएको छ। जलवायु परिवर्तनबारे ट्रम्पले लिने गरेको अडानको विरोधमा त्यो जीवको नाम पछाडि डोनल्ड थपिएको छ।
पानामामा फेला पारिएको 'डर्मोफिस डोनाल्डट्रम्पी' उभयचरको नामाकरण एक व्यापारीले गरेका थिए। उनले लिलामको बेला त्यो जीवको नाम राख्ने अधिकार पाउनका लागि २५,००० अमेरिकी डलर प्रस्ताव गरेका थिए।
उनको कम्पनीले जलवायु परिवर्तनबारे जागरूकता जगाउन अग्रसर रहने बताएको छ।
'डर्मोफिस डोनाल्डट्रम्पी'
'''डर्मोफिस डोनाल्डट्रम्पी' जलवायु परिवर्तनको प्रभावप्रति अति संवेदनशील छ। यो जीव आफूजस्तै नाम रहेका ट्रम्पको जलवायु नीतिका कारण लोप हुने खतरामा छ,'' एनवीरोबुल्ड कम्पनीका सह-संस्थापक आइडान बेलले एक विज्ञप्ति मार्फत भने।
'डर्मोफिस डोनाल्डट्रम्पी' सानो र आँखा नदेख्ने हुन्छ। यो एक प्रकारको 'केइसिलियन' हो र यो मुख्य रूपमा जमिन मुनी बस्छ।
बेलले उक्त प्राणी र ट्रम्पको बानीका बीच समानता रहेकोमा व्यङ्ग गरेका छन्।
उनले जमिन मुनी शिर लुकाउने त्यो उभयचरको स्वभाव र मानवीय क्रियाकलापका कारण भइरहेको जलवायु परिवर्तनप्रति वैज्ञानिक समुदायको सहमतिलाई नकार्ने ट्रम्पको गुण मिल्दोजुल्दो भएको
अर्को पनि
डोनल्ड ट्रम्प नाम दिइएको त्यो पहिलो जीव भने होइन।
गत वर्ष क्यालिफोर्निया विश्वविद्यालयको एन्टो टोमोलोजी संग्राहलयले 'नेवपाल्पा डोनाल्डट्रम्पी' नामक दिइएको जीव फेला पारेका थिए।
उक्त प्राणी पत्ता लगाउने जीव वैज्ञानिक भाज्रिक नाजारीका अनुसार सो जीवको अद्वितीय रूपमा टाउको रङ्ग फेर्न सक्ने कलाले उनलाई राष्ट्रपति ट्रम्पको सम्झना दिलाएको थियो।