तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएलाः 'ड्रोन हमलामा जोगिए राष्ट्रपति'
भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा ड्रोन विस्फोट भएको अधिकारीहरूले बताएका छन्।
विस्फोटमा उनलाई कुनै चोटपटक नलागे पनि सातजना सैनिक घाइते भएका छन्।
सञ्चारमन्त्री खोर्खे रोड्रिगेजले राष्ट्रपतिको ज्यान लिने उद्देश्यका साथ विस्फोट गराइएको बताएका छन्।
खुला मैदानमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति मडुरोले भाषण गरिरहँदा उनीसहित कार्यक्रममा सहभागी अरूले अचानक माथि हेरे र उनीहरू तर्सिए। त्यसपछि टेलिभिजन प्रसारणमा आवाज बन्द भयो।
आरोप
टेलिभिजनको प्रसारण बन्द हुनुअघि दर्जनौँ सैनिकहरू भागिरहेको दृश्य देखिएको थियो।
पछि भेनेजुएलाको एनटीएन २४ टीभी च्यानलले भिडिओ फूटेज पोस्ट गरेको थियो जसमा राष्ट्रपति मडुरोको आवाज काटिएको र झ्यार्र आवाज आएको थियो।
सञ्चारमन्त्री रोड्रिगेजका अनुसार सेनाको ८१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी थिए।
सञ्चारमन्त्री रोड्रिगेजले विपक्षी दक्षिणपन्थीहरूले आक्रमण गराएको आरोप लगाएका छन्।
उनले भने, "चुनावमा हारेकाहरू फेरि पराजित भए।"
रोड्रिगेजले गत मेमा सम्पन्न राष्ट्रपतीय चुनावतर्फ इङ्गित गरेका हुन्, जुन चुनावमा राष्ट्रपति मडुरो अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए।