तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गर्मीका कारण ३० को मृत्यु, सावधानी अपनाउन आह्वान
जापानमा अत्यधिक गर्मीका कारण करिब ३० जनाको ज्यान गएपछि देशभर मानिसहरूलाई सावधान हुन भनिएको छ।
गर्मीसँग जोडिएका स्वास्थ्यसमस्याको उपचार गराउन हजारौं मानिसहरू अस्पताल पुगेका छन्।
उच्च तापक्रम
यो साताको सुरुमा मध्य जापानमा तापक्रम ४०.७ डिग्री सेल्सियससम्म पुगेको थियो, जुन पाँच वर्ष यताकै उच्च हो।
क्योतो शहरमा लगातार ७ दिनसम्म तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि रह्यो।
उन्नाइसौं शताब्दीमा तापक्रमको रेकर्ड राख्न थालिए यता कै यो पहिलो त्यस्तो घटना थियो।
जापानको शिक्षा मन्त्रालयले स्कूलहरूलाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन भनेको छ।
मंगलवार आइची प्रिफेक्चरमा बाहिरी कक्षामा राखिएका कारण एक छ वर्षिय बालकको ज्यान गएको थियो।
यसै महिनाको सुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले जापानमा दुई सयभन्दा धेरैको ज्यान गएको थियो।