तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किमका विश्वासपात्र र अमेरिकी विदेशमन्त्री पोम्पेओको भेट
झन्डै दुई दशकयता संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ उत्तर कोरियाली अधिकारीले आफ्ना नेता किम जङ-अन र राष्ट्रपति ट्रम्पबीचको शिखर बैठक आयोजनाबारे उच्चस्तरीय वार्ता सुरु गरेका छन्।
जनरल किम योङ चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग गर्ने भनिएको दुईमध्ये पहिलो बैठक न्यूयोर्कमा गरिरहेका छन्।
उत्तर कोरियाले कडा खालका वक्तव्यहरू दिएपछि राष्ट्रपति ट्रम्पले गएको हप्ता शिखरभेट रद्द भएको घोषणा गरेका थिए तर प्योङ्याङले नरम भाषा प्रयोग गर्न थालेपछि उनले फेरि आफ्नो दृष्टिकोण बदलेका थिए।
ह्वाइट हाउसले प्रारम्भिक वार्ताहरू राम्ररी अघि बढे किम र ट्रम्पको भेट सिङ्गापुरमा जुन १२ तारिखमा हुने जनाएको थियो।
वार्ता
किम योङ-चोल स्पष्टसँग अङ्ग्रेजी बोल्छन् र जुनसुकै प्रश्नको पनि अर्थ लगाउनसक्छन्।
बेइजिङबाट एअर चाइनाको विमान चढेर उनी अमेरिका आएका हुन्।
जनरल किम अनुभवी वार्ताकार हुन् र उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अनका विश्वासपात्र पनि हुन्।
प्योङ्याङले परमाणु अस्त्र कार्यक्रम बन्द गर्दा के गर्न सक्छ र के गर्न सक्दैन भन्नेबारे विवरण दिनेसम्मको अधिकार उनीसँग हुने ठानिन्छ।
बीबीसी सम्वाददाता बार्बरा प्लेट असर भन्छिन्, "उत्तर कोरियाली अधिकारीको अमेरिका भ्रमणले दुवै नेताहरू विवाद हल गरेर निर्धारित समयमै शिखर बैठक आयोजना होओस् भन्ने पक्षमा रहेको देखाउँछ।"
बैठक
किमले अमेरिकी विदेशमन्त्री पेम्पोओसँग वार्ता गरिरहँदा कोरियाली सीमा, सिङ्गापुर र प्योङ्याङमा पनि बैठकहरू भइरहेका छन्।
उत्तर कोरियाकी उपविदेशमन्त्री चोए सन-हीले दुई कोरियाबीचको सीमावर्ती पान्मुन्जोम गाउँमा अमेरिकाका लागि दक्षिण कोरियाली पूर्वराजदूत किम सङलाई भेटिरहेकी छन्। आइतवारदेखि नै उक्त वार्ता चलिरहेको छ।
यसअघि विगतमा भएका परमाणु निश्शस्त्रीकरण सम्बन्धी वार्ताहरूमा पनि ती दुई कूटनीतिज्ञले एकअर्कासँग छलफल गरेका थिए।
सिङ्गापुरमा जो हेगनले उत्तर कोरियाली अघोषित सैन्य प्रमुख किम च्याङ-सनसँग व्यवस्थापकीय विषयमा कुराकानी गरिरहेको ठानिएको छ।
बिहीवार नै रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ वार्ताका लागि प्योङ्याङ जाँदै छन्।