तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘रासायनिक हमला’ भएको स्थानमा पहुँचको माग
विश्व स्वास्थ्य संगठन डब्लुएचओले सिरियाको डुमा शहरमा भएको संदिग्ध रासायनिक हमलाको निन्दा गर्दै सो घटनाका कारण करिब पाँच सय जना पीडितहरूमा विषाक्त रसायनको प्रभाव परेको विवरण प्राप्त भएको बताएको छ।
संगठनले एक वक्तव्यमा उक्त क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूले दिएको विवरण उल्लेख गर्दै आश्रय लिइरहेका ७० भन्दा बढी मानिसहरूको मृत्यु भएको जनाएको छ।
उसले शंकास्पद हमला भएको स्थानमा तत्काल पहुँचको माग गरेको छ।
सिरियाली सरकारले डुमा क्षेत्रबाट विद्रोही लडाकुहरूलाई हटाउने कार्यमा सफलता प्राप्त गर्नु केही समय अघि उसले त्यहाँ सुरु गरेको बमबारीमा रासायनिक अस्त्र प्रयोग नगरेको बताउँदै आएको छ।