‘रासायनिक हमला’ भएको स्थानमा पहुँचको माग

तस्बिर स्रोत, AFP/HO/Douma City Coordination Committee
Published
विश्व स्वास्थ्य संगठन डब्लुएचओले सिरियाको डुमा शहरमा भएको संदिग्ध रासायनिक हमलाको निन्दा गर्दै सो घटनाका कारण करिब पाँच सय जना पीडितहरूमा विषाक्त रसायनको प्रभाव परेको विवरण प्राप्त भएको बताएको छ।
संगठनले एक वक्तव्यमा उक्त क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूले दिएको विवरण उल्लेख गर्दै आश्रय लिइरहेका ७० भन्दा बढी मानिसहरूको मृत्यु भएको जनाएको छ।
उसले शंकास्पद हमला भएको स्थानमा तत्काल पहुँचको माग गरेको छ।
सिरियाली सरकारले डुमा क्षेत्रबाट विद्रोही लडाकुहरूलाई हटाउने कार्यमा सफलता प्राप्त गर्नु केही समय अघि उसले त्यहाँ सुरु गरेको बमबारीमा रासायनिक अस्त्र प्रयोग नगरेको बताउँदै आएको छ।
















