तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानी तालिबान: वरिष्ठ लडाकु नेता मारिएको पुष्टि
पाकिस्तानी तालिबानले गत बिहीवार भएको अमेरिकी ड्रोन आक्रमणमा उससँग संलग्न एकजना वरिष्ठ लडाकु नेता मारिएको पुष्टि गरेको छ।
प्रतिबन्धित तेहरिक-इ-तालिबान पाकिस्तान अर्थात् टीटीपीका एक जना प्रवक्ताले अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा सो समूहका उपनेता खालिद मेहसुदको मृत्यु भएको बताएका छन्।
टीटीपी दर्जनौँ आत्मघाती र अन्य आक्रमणहरूमा संलग्न भएको आरोप छ।
मेहसुदको मृत्युपछि मुफ्ती नूर वाली मेहसुद समूहको नेता नियुक्त भएको बताइएको छ।
एक जना बीबीसी सम्वाददाताका अनुसार मेहसुदको मृत्युपश्चात् पाकिस्तानी तालिवानलाई थप कमजोर भएको छ।
गत डिसेम्बर महिनामा एउटा लडाकु समूहमा संलग्न बन्दुकधारीहरूले पेशावरस्थित एउटा कलेजमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मारिएका र ३६ जना घाइते भएका थिए।
मेहसुदको मृत्युपछि टीटीपीका लडाकुहरू छिमेकी अफगानिस्तानमा शरण लिन बाध्य भएका पाकिस्तानी अधिकारीहरूले दाबी गरेका छन्।