तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यानमार: ‘सामूहिक चिहानका विवरणमा जातीय सफायाको संकेत’
संयुक्त राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले म्यानमारमा सयौं रोहिंज्या मुसलमानहरुको शव रहेका सामूहिक चिहानबारेका विवरणमा जातीय संहारको लक्षण देखिएको बताएकी छन्।
म्यानमारकालागि राष्ट्रसंघका विशेष दूत याङही लीले चिहानबारे समाचार संस्था एपीले प्रकाशित गरेको विवरणमाथि अनुसन्धान गरिनुपर्ने उल्लेख गरेकी छन्।
एपीले गत अगस्टमा भएको सैन्य आक्रमणको समयमा रखाईन राज्यको गु दर पीएनमा नरसंहार भएको प्रमाण भेटिएको जनाएको छ।
भूउपग्रहबाट खिचिएका फोटोहरुलाई भिडिओ फुटेजसँग तुलना गर्दा अनि भागेर छिमेकी देश बांग्लादेश पुगेका स्थानीयबासिन्दाहरुसंग कुराकानी गर्दा ती चिहानमा ४ सयभन्दा बढीको शव हुन सक्ने एपीले जनाएको छ।
"सेनाले गाउँमा आक्रमण गरे, सबैलाई गोली हाने र घरहरु जलाई दिए," बाँचेका मानिसले एपीलाई भनेका छन्।
म्यानमारको सरकारले सामूहिक हत्या बारेको उक्त प्रतिवेदन अस्वीकार गरेको छ।