तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हजारौं रोहिंज्या “एक महिनामा मारिए”
म्यानमारमा गत अगष्ट महिनामा हिंसा मच्चिँदा कम्तीमा ६,७०० मारिएको सहायता संस्था मेडसाँ साँ फ्रन्तियर (एमएसएफ)ले जनाएको छ।
हिंसाका कारण भागेर बांग्लादेश पुगेका कैयौं मानिसहरुसँग गरिएको कुराकानीमा तथ्यांक आधारित छ।
तथ्यांक सरकारी अनुमानभन्दा करिब सत्र गुणा बढी छ।
सरकारले ४०० को मृत्यु भएको जनाएको थियो।
"स्पष्ट संकेत"
एमएसएफले म्यानमारका अधिकारीहरुबाट "व्यापक हिंसा मच्चाएको भन्ने एक अर्को स्पष्ट संकेत" मिलेको बताएको छ।
म्यानमार सेनाले हिंसाका लागि "आतंककारी"हरुलाई दोष लगाउँछ र आफूले कुनै नराम्रो काम नगरेको बताउँछ।
रोहिंज्या विद्रोहीले श्रृंखलाबद्ध आक्रमण गरेको प्रतिक्रिया स्वरुप गत अगष्ट महिनाको अन्त्यतिर बर्मेली सेनाको अभियान शुरु भएको थियो।
एमएसएफको सर्वेक्षणले म्यानमारमा २५ अगष्ट देखि २४ सेप्टेम्बर २०१७ भित्र कम्तीमा ९,००० रोहिंज्याको मृत्यु भएको देखाएको छ।