तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गुआममा कुनैपनि बेला आक्रमण: उत्तर कोरिया
उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी रणनीतिक सैन्य आधार वरपर ब्यालिष्टिक क्षेप्यास्त्र प्रहार गर्न काम गरिरहेको बताएको छ।
उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले देशका नेता किम जोङ अनले निर्णय गर्ने वित्तिकै जुनसुकै समयमा उक्त कारवाही शुरु हुनसक्ने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्योङयाङलाई उनकै शब्दमा क्रुद्ध र सशक्त कारवाही गर्ने धम्की दिएका छन्।
उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले भनेको छ, अमेरिकी रणनीतिक बम विमानहरु राखिएको अखडा रहेको गुआम वरपर मध्यमदेखि लामो दूरिको रकेट प्रहार गर्ने योजनामा काम भइरहेको छ।
द्रूत गति
संयुक्त राष्ट्र संघले हालै उत्तर कोरियामाथि थप आर्थिक नाकाबन्दी लगाउने प्रस्ताव अनुमोदन गरेको थियो।
अमेरिकी मिडियामा उदृत गरिएका गुप्तचर अधिकारीहरुको विश्वास छ- उत्तर कोरियाले उसको ब्यालिष्टिक क्षेप्यास्त्रमा जडान गर्ने मिल्ने आकारको आणविक अंश विकास गरेको छ।
यदि पुष्टि भएमा प्योङयाङले अमेरिकामा प्रहार गर्ने क्षमताको आणविक हतियार सोचेको भन्दा द्रूत गतिमा विकास गरिरहेको हुनेछ।
उत्तर कोरियाले जुलाइमा दुईवटा अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यी दुई मुलुकहरुबीच द्वन्द्व चुलिएको छ।
ट्रम्पले सञ्चारकर्मीसँग मंगलबार भनेका थिए- "उत्तर कोरियाले अमेरिकालाई थप धम्की नदिनु राम्रो हो। उनीहरुले त्यसको जवाफ विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउनेछन्।"
तर ट्रम्पको भनाइप्रति अमेरिकामै आशंका व्यक्त भएको छ।