तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'असान्जविरुद्धको अनुसन्धान स्थगित'
स्वीडेनका अभियोजनकर्ताहरुले वीकीलीक्सका संस्थापक जुलीयन असान्जमाथि जारी राखिएको बलात्कार आरोपबारेको अनुसन्धान स्थगित गरिएको बताएका छन्।
उनीविरुद्ध सात वर्षअघि पक्राउ पूर्जी जारी गरिएको थियो।
असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर, त्यहिं लुकेर बसिरहेका छन्।
भय
उनको डर छ कि उनले सो दूताबास छोडेमा उनलाई पक्राउ गरेर अमेरिका सुपूर्दगी गरिनेछ।
असान्जले आफूविरुद्धको बलात्कारको आरोप अस्वीकार गर्दै त्यो फगत राजनीतिक उद्देश्यले अभिप्रेरित रहेको बताउँदै आएका छन्।
ब्रीटेनको प्रहरीले चाहिँ असान्जले इक्वेडरको दूतावास छोडेमा उनलाई सन् २०१२मा अदालतमा हाजिर नभएको अभियोगमा पक्राउ गरिने बताउँदै आएको छ।
अमेरिकी अधिकारीहरुले चाहिँ असान्जविरुद्ध लाखौंको संख्यामा अमेरिकी सैन्य तथा कुटनीतिक दस्ताबेज चुहाएको अभियोगमा मुद्दा लगाउन चाहेको बताएका छन्।