तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रजिलको जेलमा झडप हुँदा ५६ को मृत्यु
ब्रजिलको एमाजोनास राज्यमा रहेको कारागारमा दुई प्रतिद्वन्द्वी गिरोहबीच झडप हुँदा ५० भन्दा बढीको ज्यान गएको छ।
ब्रजिलका प्रहरीहरु मन्वोस शहरबाहिर उनीहरुलाई सार्नका लागि कारागारको खोजी गरिरहेका छन्।
अधिकारीहरुले कारागारलाई आफ्नो नियन्त्रणमा लिनका लागि जेलभित्र र बाहिर रहेका बन्दीका दुई प्रतिद्वन्द्वी गिरोह लड्दै आएको जनाएका छन्।
उद्देश्य
अनिसियो जोबिम नामको जेलमा आइतबार झडप शुरु भएको थियो र कैदीहरुले १७ घण्टापछि आत्मसमर्पण गरेपछि उक्त झडप टुंगिएको थियो।
एमाजोनास राज्यका सुरक्षा प्रमुख सेर्जियो फोन्टेसले भने, "सबैकुरा हेर्दा लामो समयको तयारीपछि यो झडप भएको देखिन्छ। बन्दीहरुले कारागार प्रशासनसँग बिदाको समयमा सबै कुरा सामान्य ढंगले चल्ने र कुनै समस्या नदिने बाचा गरेका थिए। उनीहरुले आफ्ना बाचा पूरा गरेनन्। अपराधीहरुले गरेका बाचा हामीले विश्वास गरिहाल्नु हुँदैन्थ्यो।"
दुई मध्ये एउटा गिरोहका सदस्यहरुलाई कारागारमा अलग्गै राखिएको छ।
ती प्रतिद्वन्द्वी गिरोहलाई अन्यत्रै सार्नेकी भन्नेबारे छलफल गर्नका लागि ब्रजिलका न्याय मन्त्री मन्वोस पुगेका छन्।
स्थानीय मुर्दा घर अगाडि परिवारहरु शव पहिचानका लागि भेला भएका छन्।
कारागारमा भएको यो झडप वर्षौ यता ब्रजिलको बन्दीगृह भित्र भएको सबैभन्दा खराब हिंसा मध्ये हो।
नियन्त्रण
ब्रजिलका सञ्चारमाध्यमहरुले केही कैदीहरुको टाउको छिनालिएको र धेरैजसोलाई जेलभित्रै तस्कर गरेर भित्र्याइएका बन्दुक हानेर मारिएको जनाएका छन्।
ब्रजिलका सबैभन्दा ठूला दुई लागूऔषधका गिरोहले जेललाई आफ्नो नियन्त्रणमा राख्नका लागि त्यहाँ लडाइँ गर्दै आएका थिए।
अनिसियो जोबिम नामको जेलमा क्षमता भन्दा निकै बढी कैदीहरु राखिएका छन्।
झडपका बेला केही कैदीहरु भागेका थिए। भागेका ८७ कैदीमध्य ४० जनालाई पुन: नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन्।