तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पुनर्स्थापना र राहतको पर्खाइमा पश्चिम नेपालका भूकम्प पीडितः तस्बिरहरू
गत शुक्रवार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित स्थानीयवासीहरूले पुनर्स्थापना र राहतको पर्खाइमा रहेको बताएका छन्।
विशेष गरी जाजरकोट र रुकुम पश्चिममा धेरै घर भत्किएका देखिएको छ। गृह मन्त्रालयका अनुसार यी दुई जिल्लामा गरी १५३ जनाको मृत्यु भएको छ।
भूकम्पबाट घरहरूमा पुगेको क्षतिबाट जोगिन सकेकाहरू आफ्ना भत्किएका घरनजिकै त्रिपालमुनि बसेर रात बिताउने गरेका छन्।
दिउँसो उनीहरू घरमा बचेका सामग्रीहरू निकालेर सुरक्षित ठाउँमा सार्न व्यस्त देखिन्छन्।
जाजरकोटको भेरी नगरपालिका-१, रिम्नाका केही स्थानीयवासीले कुखुरा पाल्ने गरेको खोरमा शरण लिएका पनि देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।