मोना लिसाको चित्रकलामा सूप फ्यालेर विरोध
फ्रान्सको राजधानी प्यारिसस्थित लूभ्र सङ्ग्रहालयमा राखिएको विश्वविख्यात चित्रकला 'मोना लिसा'मा केही व्यक्तिले सूप फ्यालेका छन्।
स्वस्थ र दिगो खानाको माग गर्दै पर्यावरणवादी प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराउन त्यसो गरेका हुन्।
बाक्लो सिसापछाडि राखिएको हुनाले यो कलाकृतिमा कुनै क्षति भने नपुगेको लूभ्र सङ्ग्रहालयले जनाएको छ।
सन् २०२२ मा एक वृद्ध महिलाको भेषमा आएका एक व्यक्तिले विरोध जनाउन मोना लिसाको सिसाबाहिर केक दलिदिएका थिए।
लियोनार्दो दा भिन्चीले सोह्रौँ शताब्दीमा उक्त कलाकृतिमा बनाएका हुन्।
तर यो चित्रकला सन् १९११ मा लूभ्रबाट चोरिएको थियो। त्यो बेला ठूलो हल्लीखल्ली भएको थियो। सङ्ग्रहालयका एक कर्मचारीले राति दराजमा राखेर यो कृति चोरेका थिए।
दुई वर्षपछि उनले पुराना वस्तु बेच्ने इटलीको फ्लोरेन्सस्थित एक व्यापारीलाई बेच्न लागेको बेला मोना लिसा फेला परेको थियो।
हेर्नुहोस् यो भिडिओ।





