तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरियाबाट भागेका बालक जो शरण खोज्दै ११ वर्ष लगाएर नेदरल्यान्ड्स पुगे
खलिल सिरियाली शरणार्थी हुन्। उनी अहिले १७ वर्षका भए।
सन् २०१३ मा उनको परिवार सिरियाको होम्स सहरबाट भागेर लेबनन पुग्यो। उनीहरू पश्चिम युरोप जान चाहन्थे।
केही वर्षपछि परिवारका सदस्यहरू तीनतिर छुट्टिए। किशोर खलिल एक्लै सर्बिया पुगे र त्यहाँ एउटा संस्थाले उपलब्ध गरेको आश्रयस्थलमा बसे।
अहिले उनी नेदरल्यान्ड्स पुगेका छन्। त्यहाँ उनकी आमाले शरणार्थीको मान्यता पाएकी छन्। परिवारका अन्य सदस्यले पनि त्यहाँ शरण पाउने भएपछि खलिल सर्बियाबाट र उनका बुवा अनि दिदीबहिनी ग्रीसबाट नेदरल्यान्ड्स गए। धेरै पछि परिवारको पुनर्मिलन भयो।
उनी नेदरल्यान्ड्स जानुअघि बीबीसी सर्बियनले खलिलसँग बेल्ग्रेडमा भेटेर शरण लिन हिँडेका खलिलको सङ्घर्षको कथा सुनेको छ। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।