यूकेका लागि गुप्तचरी गरेको आरोप लगाइएका इरानी पूर्व मन्त्रीलाई मृत्युदण्ड

अलीरेजा अक्बरी

तस्बिर स्रोत, EPA

    • Author, एमिली मक्गार्भी
    • Role, बीबीसी न्यूज

पूर्व इरानी मन्त्री अलीरेजा अक्बरीलाई सन् २०१९ मा पक्राउ गरिएको थियो र यूकेका लागि गुप्तचरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो।

ब्रिटिश इरानी दोहोरो नागरिकता रहेका अलीरेजा अक्बरीलाई तेहरानले मृत्युदण्ड दिइएको छ।

उनलाई यसअघि नै इरानले मृत्युदण्डको सजाय सुनाइएको थियो।

अक्बरीको परिवारले जेलमा अन्तिम पटक भेट्न दिन भन्दै बुधवार अनुरोध गरेको थियो र उनकी पत्नीले उनलाई एकान्त कारावासमा राखिएको थियो।

इरानका पूर्व सहायक रक्षा मन्त्री सन् २०१९ मा पक्राउ परेका थिए र उनलाई यूकेको लागि जासुसी गरेको आरोपमा दोषी ठहर गरिएको थियो। उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

यूकेले इरानलाई मृत्युदण्डलाई स्थगित गर्न र उनलाई तत्कालै रिहा गर्न माग गर्दै आएका छन्।

शुक्रवार यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले इरानले मृत्युदण्डको क्रूर धम्की दिने काम रोक्नुपर्ने बताए।

क्लेभर्लीले बुधवार ट्विट् गर्दै लेखेका छन्, “यो एउटा क्रूर सत्ताको राजनीतिक रूपमा पूर्वाग्रही कदम हो जसले मानव जीवनलाई पूर्ण रूपमा उपेक्षा गरेका छौँ।”

इरानले यो हप्ता अक्बरीको एउटा भिडिओ सार्वजनिक गरेको थियो जसमा उनले जबरजस्ती आरोप स्वीकार गरेको जस्तो देखिन्थ्यो।

बीबीसी पर्सियनले बुधवार प्रसारण गरेको उनको अडियो सन्देशमा उनले आफूलाई यातना दिएर आफूले नगरेको अपराध स्वीकार गर्न बाध्य बनाइएको बताएका थिए।

अक्बरीलाई मृत्युदण्ड नदिन ध्यानाकर्षण गराउनेमा संयुक्त राज्य अमेरिका पनि रहेको एक जना अमेरिकी कूटनीतिज्ञ वेदान्त पटेलले मृत्युदण्डको सजाय दिइनु अस्वीकार्य हुने बताएका थिए।

यसै हप्ता यूकेको विदेश मन्त्रालयका एक जना प्रवक्ताले बीबीसीलाई आफूले अक्बरीको परिवारलाई समर्थन गरिरहेको र बारम्बार उक्त विषय इरानी अधिकारीहरूसँग उठाएको जनाएका थिए।

उसले तुरुन्तै कन्सुलर पहुँच उपलब्ध गराउन अनुरोध गरेको थियो। तर इरान सरकारले इरानी नागरिकहरूको दोहोरो नागरिकताको हैसियतलाई मान्यता दिँदैन।

इरानले दोहोरो नागरिकता भएका वा विदेशी स्थायी आवासीय प्रमाणपत्र रहेका दर्जनौँ व्यक्तिहरूलाई हालैका वर्षमा गुप्तचरी र राष्ट्रिय सुरक्षा सम्बन्धी अभियोगमा पक्राउ गरेका थिए।

अघिल्लो वर्ष यूकेले लामो समयदेखिको ऋण चुकाएपछि तेहरानले दुई जना ब्रिटिश इरानी नागरिकलाई रिहा गरेको थियो र इरान छाड्न अनुमति दिएको थियो।

तर कम्तीमा दुई जना अन्य ब्रिटिश इरानीहरू अझै पनि थुनामा छन् जसमा अमेरिकी राहदानी वाहक मोराद तहबाज पनि पर्छन्।