चिपको अभावले एआई क्यान्सरको उपचार सुस्त भयो: विशाल प्रविधि कम्पनीका मालिक

रेने हाज यसअघि ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकाको बोर्डमा थिए
    • Author, फैसल इस्लाम
    • Role, इकोनोमिक्स एडिटर
  • Published
  • पढ्ने समय: ३ मिनेट

यूकेको सबैभन्दा ठूलो प्रविधि कम्पनीका मालिकले मानिसले हाम्रो जीवनकालमा पत्ता लगाउन नसक्ने क्यान्सरको उपचार आर्टिफिसिअल इन्टेलिजेन्सले पत्ता लगाउने बताएका छन्।

केम्ब्रिजस्थित चिप डिजाइन गर्ने आर्म होल्डिङ्ग्सका प्रमुख कार्यकारी रेने हाजले डीएनए मार्करलाई क्यान्सरले कसरी असर गर्छ भन्ने कुरा अहिले "धेरै जटिल" समस्या भएको र कम्प्युटरहरूले भविष्यमा "यसलाई समाधान गर्ने" बताएका हुन्।

हाजले बीबीसीसँग एआईले आउँदो पाँच वर्षमा व्यापक ह्यूमनोइड रोबोटहरूको नेतृत्व गर्ने तर डेटा सेन्टरहरू निर्माण गर्न आवश्यक चिपहरूको अभावले यसको अहिलेको तीव्र वृद्धि रोकिएको बताएका छन्।

यद्यपि, भविष्यमा यूकेमा चिप्स उत्पादन गर्न सकिन्छ भन्ने विचारमा भने शङ्का गर्छन्।

आर्मले माइक्रोचिपको सीपीयूहरू बनाइसकेको छ जुन यसअघि नै विश्वभरिका सयौँ अर्बौँ भवनहरू, कारहरू, स्मार्टवाचहरू र ग्याजेटहरूमा प्रयोग गरिएको छ।

गएको गर्मी यामको सुरुमा एआई सप्रिएको बेला कम्पनीको उच्च शेअर मूल्यले यसलाई नगदको सर्तमा इतिहासको सबैभन्दा मूल्यवान् यूके-आधारित कम्पनी बनायो।

हाजले गत एप्रिलमा ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकाको बोर्डबाट राजीनामा दिएका थिए। उनले बीबीसीको बिग बस इन्टरभ्यु पडकास्टमा भनेका थिए: "एआईले... क्यान्सरको उपचार खोज्ने छ जुन अहिले तपाईँ र म वा अन्य मानिसहरूले हाम्रो जीवनकालमा गर्न सक्दैनन्। मलाई विश्वास छ हाम्रो जीवनकालमा एआईले क्यान्सर निको पार्न मद्दत गर्ने छ।

"कोषको नमुना बनाउने, मानिसको नमुना बनाउने, डीएनए मार्करलाई कसरी असर गर्ने नमुना बनाउन भन्ने कुरा एकदमै जटिल समस्या हो र अहिले मानिसका लागि मात्रै होइन एआई चलाउने कम्प्युटरका लागि पनि यो जटिल समस्या हो।"

"यद्यपि अगाडि बढ्दै जाँदा जब हामी यी कम्प्युटरहरूमा धेरैभन्दा धेरै नमुनाहरू उपलब्ध गराउँछौँ र कम्प्युटरहरू त्यस्ता नमुनाहरू चलाउन थप परिष्कृत हुन्छन् उनीहरूले यसको समाधान खोज्नेछन्," हाजले भने। आर्मका मालिक उनले जापानमा रहेको सफ्टब्याङ्कमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन् जसको ओपन एआईसहित प्रविधिमा लगानी छ।

इन्स्टिट्यूट अफ क्यान्सर रिसर्च लन्डनका प्रोफेसर क्रिस बाकलले प्रश्न अब हामी एआई प्रयोग गर्छौँ कि गर्दैनौँ भन्दा पनि हामी यसलाई के फिड गर्छौँ भन्ने रहेको बताए।

"यो इन्टरनेटबाट स्क्र्याप गरिएको छैन र यसलाई चलाउन विशाल डेटा सेन्टर आवश्यक पर्दैन। मेडिकल एआईको भविष्य सबैभन्दा ठूलो कम्प्युटर निर्माण गर्ने होइन। यो उसैको हुने छ जसले सही नाप गर्ने छ।"

"यस प्रकारको भविष्यवाणीले नयाँ उपचारहरू विकास गर्न लाग्ने समयलाई वर्षौँ घटाइदिने छ। एआईले बिरामीहरूलाई वास्तविक फाइदा पुर्‍याउने छ।"

जागिर गुम्छ भन्नु 'अतिरञ्जित'

एआईले ठूलो मात्रामा रोजगारी गुमाउने चिन्तालाई सम्बोधन गर्दै हाजले कामदारहरूको लागि केही परिवर्तन हुने बताउँदै भने, "रोजगारीहरू जाने र पूर्ण रूपमा मेसिनहरूले प्रतिस्थापन गर्ने अनुमान अलि अतिरञ्जित छ" र नयाँ अवसरहरूभन्दा बढी छ।

उनले फ्रान्स र अमेरिकामा विशाल "मल्टि-गिगावाट" डेटा केन्द्रहरूको योजना र तिनीहरूलाई अन्तरिक्षमा राख्ने योजनाहरू औँल्याए।

"हामी पूर्ण रूपमा आपूर्ति-सीमित वातावरणमा छौँ। के तपाईँ पर्याप्त चिप्स प्राप्त गर्न सक्नुहुन्छ? अन्तरिक्षमा डेटा सेन्टर राख्नुअघि हामीलाई थप चिप फ्याक्ट्रीहरू चाहिन्छ।"

तर उनी विश्वास गर्दैनन् कि अहिले ताइवानी विशाल टीएसएमसीको वरिपरि केन्द्रित उत्पादन अन्ततः यूकेमा हुन सक्छ। यद्यपि सरकारले भौतिक चिप आपूर्ति शृङ्खलाको केही भागहरू यहाँ ल्याउने सम्भावनाको बारेमा उद्योगसँग कुराकानी गरिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।