तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस यूके: डेढ घण्टामै नतिजा दिने परीक्षण सुरु हुने
नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ 'जीवन रक्षक' कोरोनाभाइरस परीक्षण विधि यूकेमा आगामी साताबाट सुरु गरिने भएको छ।
कोभिड-१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन्।
हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्न सक्छ।
सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ। यो वर्ष थप लाखौँ त्यस्ता किट बनाइने बताइएको छ।
स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले कोरोनाभाइरस परीक्षणसम्बन्धी यो नयाँ विकसित प्रविधि जीवन रक्षक हुने पनि बताए।
उनले भने, "कोरोनाभाइरसको नयाँ तीव्र परीक्षणले ९० मिनेटभन्दा कम समयमा यथास्थानमै नतिजा दिएर हामीलाई कोरोनाभाइरसको लहर रोक्न मद्दत गर्नेछ।"
विश्वसनीय
यो परीक्षणका लागि मेशिन निर्माण गरेको कम्पनी डीएनए नजका सहसंस्थापक प्राध्यापक क्रिस टुमाजुले नयाँ परीक्षण "द्रूत" र "विश्वसनीय" रहेको बताउँदै यो जुनसुकै स्थानमा लगेर गर्न सकिने बताए।
परीक्षण किट बनाएको अक्सफोर्ड नानोपोरका प्रमुख कार्यकारी गोर्डन साङ्घेराले यो परीक्षण विश्वभरका लागि सस्तो र सहज परीक्षण हुने सम्भावना रहेको बताए।
बीबीसीकी स्वास्थ्य सम्वाददाता लरेन मोसले अहिलेसम्म यो नयाँ परीक्षणको विषयमा तथ्याङ्क सार्वजनिक नगरिएको भए पनि विश्वसनीय भए नभएको परीक्षण गर्ने विधि बनाइएको दाबी गरिएको बताएकी छन्।
उनले यो परीक्षणको सबैभन्दा ठूलो फाइदा भनेको जाडो याममा लाग्ने अन्य फ्लुबाट कोभिड-१९ लाई छुट्याउन सकिनु नै रहेको बताएकी छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा