तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की भूकम्प: दुईवटा शक्तिशाली भूकम्पबाट प्रभावित टर्की र सिरियामा यसरी हुँदैछ खोजी र उद्धार
दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पका कारण बिहीवार बिहानसम्म ,१५,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ।
दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धारकार्य जारी छ। मृतकहरूको सङ्ख्या अझै बढ्ने देखिएको छ।
टर्कीमा केन्द्रबिन्दु बनाएर सोमवार बिहान सबेरै ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यस बेला मानिसहरू सुतिरहेका थिए।
त्यसपछि दर्जनौँ परकम्पहरू गए।
पहिलो भूकम्प गएको केही घण्टापछि दिउँसो गएको ७.५ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित काहरामान्मारश सहरनजिकै थियो।
सिरियाको विद्रोही नियन्त्रित बाब अल-हवा क्रशिङबाट टर्की जाने बाटोनजिकै अवस्थित अस्पतालमा सोमवार बिहान गएको भूकम्पमा घाइते भएका मानिसहरू उपचारका लागि पुगेका थिए।
टर्की र सिरियामा सयौँ भवनहरू भत्किएपछि भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउन उद्धारकर्ताहरू लागिरहेका छन्।
भत्किएको भवनको भग्नावशेषबाट बाहिर निकालेपछि उद्धारकर्मीले एक तीनवर्षे बालिकालाई एम्बुलेन्सतिर लैँजादै गर्दाको दृश्य। टर्कीका राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रमा तत्कालै उद्धार तथा खोजीका लागि टोली पठाइएको बताएका छन्।
भूकम्पको मारमा पशुपन्छी पनि परेका छन्।
उक्त भूकम्प टर्की र सिरियाबाहेक लेबनन, साइप्रस र इजरेलमा पनि महसुस भएको थियो। पहिलो भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियान्टेप सहरनजिकै थियो।
गाजियान्टेपको उत्तरपूर्वस्थित दियार्बाकरमा धेरै मानिसहरू भग्नावशेषमुनि फसेका थिए।
यो आकाशबाट खिचिएको दृश्यले टर्कीको एडनाको कुकुरोभा जिल्लामा एउटा भवनको भग्नावशेषमा खोजी तथा उद्धार कार्य भइरहेको देखाउँछ।
गाजियान्टेपको उत्तरपूर्वस्थित मलाट्यामा भत्किएका भवनमा थिचिएर कारहरू चकनाचुर भएका थिए।
इजरेल र अमेरिकासहित विश्वभरिबाट सहयोगको प्रस्ताव गरिएको छ।
दाताहरूले सहायता सामग्री र जनशक्ति पठाउन तयार रहेको बताएका छन्।
यो पनि पढ्नुहोस्