तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेस्सीः इन्स्टाग्राममा सर्वाधिक 'लाइक' भएका १० मध्ये पाँच तस्बिर मेस्सीका, विश्वकपसँगै सुतेको तस्बिर पनि पर्यो
एक पटक आँखा चिम्लिएर इन्स्टाग्राममा सबैभन्दा धेरै प्रयोगकर्ताले फलो गरेको खाताबारे अनुमान गर्नुहोस् त! तपाईँको मनमा पक्कै कुनै हलीवुड अभिनेता, सङ्गीतकार, 'रीयालिटी शो' मा सहभागी कुनै हस्ति वा 'सोशल इन्फ्ल्यूएन्सर'को तस्बिर आयो होला हैन? तर सर्वाधिक फलोअर भएका खाता तपाईँको अनुमानभन्दा नितान्त भिन्न छ।
अहिले इन्स्टाग्राममा सबैभन्दा बढी रुचाइएका पोस्ट फुटबल खेलाडीहरूले गरेका छन्।
अनि यो कुरामा आर्जेन्टिनाका फुटबल खेलाडी लिओनेल मेस्सी (अहिलेका लागि) निर्विवाद रूपमा अग्रस्थानमा छन्।
विकिपिडियाले अद्यावधिक गरी प्रकाशन गरेको वरीयतामा इन्स्टाग्राममा सर्वाधिक लाइक गरिएका १० मध्ये पाँच तस्बिर मेस्सीका छन्। सन् २०२२ को विश्वकप विजेता आर्जेन्टिनी टोलीका कप्तानले हालेका कतारमा भएको प्रतियोगितासँग सम्बन्धित अधिकांश पोस्टहरू बढी रुचाइएका पोस्टमा परेका छन्।
सर्वाधिक 'लाइक' गरिएका तस्बिरहरूको सूची २० पुर्याएर हेर्ने हो भने पनि तीमध्ये आठवटा तस्बिर मेस्सीकै छन्।
दोस्रो स्थानमा पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। उनका तीन तस्बिर सर्वाधिक १० लाइक गरिएका तस्बिरको सूचीमा पर्न सफल भएका छन्।
आरियाना ग्रान्डे, जेन्डेया, काइली जेनर , टम हलन्ड र बिली आइलिशजस्ता कलाकार अनि सञ्चारमाध्यममा काम गर्ने व्यक्तित्वहरूका तस्बिर पनि सर्वाधिक लाइक गरिएको सूचीमा परेका छन्।
डिसेम्बर १८ आइतवारको दिन फुटबल विश्वविजेता बनेपछि आर्जेन्टिनाको टोलीले उत्सव मनाइरहेको बेलाका तस्बिरहरू मेस्सीले पोस्ट गरेका थिए। उक्त पोस्ट इन्स्टाग्राममा सर्वाधिक 'लाइक' गरिएको तस्बिरका रूपमा सूचीकृत भएको छ।
यो तस्बिरलाई सात करोडभन्दा बढी प्रयोगकर्ताले लाइक गरेका छन् र पाँच करोड ८० लाख लाइकसहित झन्डै चार वर्षसम्म शीर्षस्थानमा रहन सफल एउटा अण्डाको तस्बिरलाई उछिन्न यो पोस्ट सफल भएको छ।
इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएका तस्बिरहरू हेर्नुहोस्।
२० - बिली आइलिशले कपालको रङ्ग फेरेपछि पोस्ट गरेको तस्बिर (मार्च १७, २०२१)
१९ - आर्जेन्टिनाले नेदरल्यान्ड्सलाई हराएपछि मेस्सी (डिसेम्बर १७, २०२२)
१८ - फुटबल विश्वकपको फाइनल खेलअघि मेस्सी र एडिडासले संयुक्त रूपमा पोस्ट गरेको तस्बिर (डिसेम्बर १७, २०२२)
१७ - विश्वकपमा हार बेहोरेसँगै निराश मुद्रामा ब्रजिलका खेलाडी नेइमार (डिसेम्बर १०, २०२२)
१६ - काइली जेनरको नवजात शिशुको हत्केला (फेब्रुअरी ७, २०२२)
१५ - मेक्सिकोसँगको खेल जितेपछि रमाउँदै मेस्सी (नोभेम्बर २६, २०२२)
१४ -स्पाइडरम्यानको पोसाकमा टम हलन्ड, टोबी मग्वाया र एन्ड्र्यू गाफील्ड (फेब्रुअरी २३, २०२२)
१३ - काइली जेनरद्वारा आफू गर्भवती भएको जानकारी सार्वजनिक (सेप्टेम्बर ८, २०२१)
१२ - टम हलन्डको जन्मदिन मनाउँदै जेन्डेया (जुन १, २०२२)
११ - एरियाना ग्रान्डेको विवाह (मे २६, २०२१)
१० - क्रोएशियालाई आर्जेन्टिनाले हराएपछि मेस्सी (डिसेम्बर १४, २०२२)
९ - मृत्युअघि एक्सएक्सएक्सटेन्टाशियोन (XXXTentation) ले गरेको अन्तिम पोस्ट (मे २०, २०१८)
८ - विश्वकप जित्ने सपना 'अपूरो' भएपछि क्रिस्टियानो रोनाल्डो (डिसेम्बर ११, २०२२)
७ - लूई भुटनका लागि तयार पारिएको तस्बिरमा क्रिस्टियानो रोनाल्डोसँग बुद्धिचाल खेल्दै मेस्सी (नोभेम्बर १९, २०२२)
६ - आफूहरू मातापिता बन्न लागेको सार्वजनिक गर्दै क्रिस्टियानो रोनाल्डो र जोजिना रोड्रिगेज (अक्टोबर १८, २०२१)
५ - विश्वकप उपाधि उचाल्दै मेस्सी (डिसेम्बर १९, २०२२)
४ - क्रिस्टियानो रोनाल्डोले पोस्ट गरेको मेस्सीसँग बुद्धिचाल खेलेको तस्बिर (नोभेम्बर १९, २०२२)
३ - विश्वकप उपाधि लिएर सुतेको मेस्सीको तस्बिर (डिसेम्बर २०, २०२२)
२ - एउटा अण्डाको तस्बिर (ज्यानुअरी ४, २०१९)
१ - फुटबलमा विश्वविजेता बनेसँगै हर्षोल्लास गर्दै मेस्सी र उनको टोलीका अन्य सदस्य (डिसेम्बर १८, २०२२)