तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ह्वाट्सएपः अनलाइन सन्देश सेवामा संसारभरि देखिएको अवरोध हट्यो
सन्देश पठाउने एप ह्वाट्सएपमा संसारभरि देखा परेका अवरोधपछि सेवा पुनः सुरु भएको जनाइएको छ।
सञ्चालक कम्पनी मेटाले समस्याको समाधान गरिएको जनाए तापनि अवरोध देखा पर्नुपछाडीको कारण बताएको छैन।
उसले अवरोधले सेवाग्राहीमा परेको असहजताका लागि माफी मागेको छ।
ब्रिटिश समय अनुसार मङ्गलवार बिहान ८ बजे तिरबाट उक्त एपमा समस्या देखापरेको थियो।
सन्देश पठाउन र प्राप्त गर्न नसकेपछि उक्त एपका दशौँ हजार सेवाग्राहीले उजुरी गरेका थिए।
सेवाको अवस्थाबारे थाहा दिने वेबसाइट डाउन डिटेक्टरका अनुसार आधा घण्टाभित्रै १२ हजारभन्दा धेरै उजुरी दर्ता भएका थिए।
अवरोध
मङ्गलवार बिहान सन्देश पठाउन खोज्दा धेरै प्रयोगकर्ताहरूले "कनेक्टिङ" (सम्पर्क स्थापित हुन खोजिरहेको) जनाउ पाएका थिए।
सेवा 'डाउन' हुने त्यस्तो अवस्था के कारण सिर्जना भएको भन्दै अझै थाहा हुन सकेको छैन।
ह्वाट्सएपका विश्वभरि झण्डै दुई अर्ब सक्रिय प्रयोगकर्ता छन्।
गत वर्ष ह्वाट्सएपमा ६ घण्टा अवरोध आउँदा त्यसको असर फेसबुस र अक्युलस र इन्स्टाग्राम समेतलाई परेको थियो।