तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुस बम विस्फोटन: मस्कोनजिकै भ्लादिमिर पुटिनका सहयोगीकी छोरीको मृत्यु - रुसी सञ्चारमाध्यम
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक निकटवर्ती सहयोगीकी छोरी मस्कोनजिकै मारिएको विवरणहरू आएका छन्।
रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोनजिकै भएको कार विस्फोटनमा डार्या डुगिनाको मृत्यु भएको हो।
उनको मृत्युबारे रुसी अधिकारीहरूले केही बताएका छैनन्। तर सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा सहरको बाहिरी भागको सडकमा कारको जलिरहेको भग्नावशेष देख्न सकिन्छ।
राष्ट्रपति "पुटिनको बुद्धि' का रूपमा चिनिने डुगिनाका पिता एलेक्सेन्डर डुगिन उक्त आक्रमणको मुख्य निसाना भएको हुनसक्ने ठानिएको छ।
कसरी भयो विस्फोटन
विवरणहरूका अनुसार डुगिना र उनका पिता एउटै कारमा चढेर एउटा कार्यक्रमबाट फर्किने तय भएको थियो।
तर अन्तिम समयमा उनका पिता छुट्टै यात्रा सवारीसाधन चढेका थिए।
एलेक्सेन्डर डुगिन उग्रराष्ट्रवादी विचारक तथा रणनीतिकार हुन्।
उनी कुनै सरकारी पदमा छैनन्। यद्यपि राष्ट्रपति पुटिनलाई उनले ठूलो प्रभावित पार्ने गरेको बताइन्छ।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार डार्या डुगिना घर फर्किँदै गर्दा उनको कार विस्फोट भएर आगो लागेको थियो।
टेलिग्राममा राखिएका अपुष्ट फुटेजमा एलेक्सेन्डर डुगिनले आपत्कालीन सेवाका कर्मचारीहरू आउँदा स्तब्ध भएर जलिरहेको कार हेरिरहेको देख्न सकिन्छ।
बीबीसीले स्वतन्त्रतापूर्वक उक्त फुटेज पुष्टि गर्न सकेको छैन।
डार्या डुगिना को हुन्
डार्या डुगिना चर्चित पत्रकार र टिप्पणीकार थिइन्। उनले युक्रेनमा रुसले गरेको अतिक्रमणलाई समर्थन गर्दै आएकी थिइन्।
यसै वर्षको सुरुमा उनलाई यूकेका अधिकारीहरूले प्रतिबन्धको सूचीमा राखेका थिए।
युक्रेनमाथिको रुसी प्रतिबन्धबारे मिथ्या सूचना फैलाएकोमा ३० वर्षीय डार्या प्रतिबन्धमा परेकी थिइन्।
एलेक्सेन्डर डुगिनका उग्रराष्ट्रवादी लेखहरूले विश्वप्रति राष्ट्रपति पुटिनको धारणालाई गहिरोसँग प्रभावित पार्ने विश्वास गरिन्छ।
उनी रुसले युक्रेनमाथि गरेको आक्रमणमा पनि नजिकबाट संलग्न छन्।
विगतमा पनि उनले युक्रेनमाथिको कठोर रुसी अवधारणाको समर्थन गरेका थिए।
सन् २०१४ मा मस्कोले क्राइमियामा अतिक्रमण गर्दा उनको भूमिकाका लागि सन् २०१५ मा उनलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो।
थप सामग्री