चीन र हङ्‌कङ: ब्रिटेनले बेइजिङलाई हस्तान्तरण गरेको २५ वर्ष पुग्दा यसबीचका पाँच विशेष क्षण

जब चीनलाई २५ वर्षअघि फिर्ता दिइयो त्यसलाई एउटा ठूलो "मातृभूमिसँगको पुनर्मिलन" भन्दै नयाँ युगको सुरुवात ठानिएको थियो। 

तर उक्त सहर र मुख्यभूमिबीचको सम्बन्ध त्यसयता असहज बन्दै गइरहेको देखिन्छ। 

चीनको शक्ति बढिरहँदा उसको हङ्‌कङमा प्रभाव समेत बढिरहेको छ। 

फलस्वरूप: स्वतन्त्रतालाई सीमित पारिएको, ठूला विरोधहरू भएका छन् र सहर विभाजित बनेको छ। 

हङ्‌कङले हस्तान्तरणको २५औँ वार्षिकोत्सव मनाइरहँदा हामीले त्यसबीचमा देखापरेका उतारचढाव यहाँ केलाएका छौँ। 

सन् १९९७: हस्तान्तरण

एक सय ५० वर्षभन्दा धेरै समय हङ्‌कङ ब्रिटिश उपनिवेश थियो। 

त्यसपछि चिनियाँलाई माथि सार्दै र यूकेको झण्डा तल झारेर हङ्‌कङ चीनलाई फिर्ता दिइयो। 

मुख्य भूमिबाट पर रहँदा हङ्‌कङ विश्वको आर्थिक र सांस्कृतिक शक्तिकेन्द्र बन्यो। 

जुन दशकौँ एक्लिएर बसेको कम्युनिस्ट चीनभन्दा भिन्न थियो। 

तर महत्त्वपूर्ण के छ भने चीन सरकारले रुचाउनेभन्दा फरक हङ्‌कङले समेत भेलाहरू गर्ने, वाक्‌ स्वतन्त्रता र केही प्रजातान्त्रिक निर्वाचनहरू गर्ने अधिकार ग्रहण गर्‍यो। 

सन् १९९७ अघिका केही वर्षमा हङ्‌कङको भविष्यलाई लिएर देखिएका अनिश्चितताले गर्दा अन्यत्र स्थायित्व खोज्ने मानिसहरूको लहर चलेको थियो। 

तर धेरै त्यहीँ बसे पनि। बस्नेहरूले ब्रिटिश र चिनियाँहरूबीच एउटा सम्झौताको रूपमा भएका वाचालाई विश्वास गरे। 

"एक देश, दुई प्रणाली" सम्झौताअन्तर्गत उक्त शहरको स्वतन्त्रतालाई आउँदो ५० वर्षका लागि सुरक्षित पारिने भनिएको थियो। 

सुरुवाती वर्षमा त्यो सहज देखियो। 

तर सन् २००१ मा आप्रवासीहरूको अधिकारलाई लिएर बेइजिङको एउटा विवादित कदम, सन् २००३ मा त्यहाँ फैलिएको सार्सको प्रकोप, र धर्म परिवर्तनसम्बन्धी कानुन बनाउने एउटा प्रयासले अस्थिरता र चिन्ता उत्पन्न गरायो। 

त्यसपछि ओलिम्पिक्स आयो। 

सन् २००८: बेइजिङ ओलिम्पिक्स

सन् २००८ का खेलहरू आर्थिक रूपमा उकासिएको चीनको हैसियत विश्व मञ्चमा उत्सव मनाउने अवसर थियो। 

त्यसबेला चिनियाँ हुनु हर्षको विषय थियो र धेरै हङ्‌कङबासीहरूले त्यस लहरलाई अपनाए। 

ओलिम्पिक ज्योति शहरबाट अघि बढिरहँदा त्यहाँका स्थानियबासीहरू चिनियाँ झण्डा हल्लाउँदै हर्षोल्लास मनाए। 

चीनले जितेका पदकहरू अर्को राष्ट्रिय गौरवको विषय बन्यो।

त्यससमय धेरै हङ्‌कङबासीले आफूलाई चिनियाँ भन्दै परिचित गराउँदै थिए। 

तर त्यसको केही वर्षपछि कथा अर्कै बन्यो। 

सन् २०१२ : 'सलह' विवाद

फेब्रुअरी २०१२ मा एक चर्चित ट्याब्लोइडमा रहस्यपूर्ण विज्ञापन छापियो जसमा हङ्‌कङमा सलहले ठूलो क्षति पुर्‍याउने देखाइएको थियो। 

उक्त किरा मुख्य भूमि चीनलक्षित एउटा अपमानजनक सङ्केत थियो। 

त्यो हङ्‌कङवासीहरूको क्रोधको एउटा सङ्केत थियो।

त्यो उनीहरूले आफ्ना महत्त्वपूर्ण स्रोतमा हात हालिरहेका भनिएका मानिसहरूप्रति लक्षित ठानिएको थियो। 

उक्त शहरमा मुख्य भूमि चीनबाट बच्चा जन्माउन पर्यटकका रूपमा आउने मानिसहरूको वृद्धि देखियो। 

साँघुरो र प्रतिस्पर्धी हङ्‌कङका लागि त्यो संवेदनशील विषय थियो। 

अन्य कतिपय भने विलासी मलमा चिनियाँहरूको भिड र तिनले भन्ने गरेको सार्वजनिक यातायातमा चिनियाँहरूको भद्दा व्यवहारबाट दिक्क देखिन्थे। 

एकजना हङ्‌कङका प्राध्यापकले हङ्‌कङवासीहरूलाई ब्रिटिशका "भगौडा कुकुरहरू" भनेर दिएको अभिव्यक्ति निकै फैलियो र धेरैलाई क्रुद्ध पार्‍यो। 

त्यस विज्ञापन त्यसअघिको आप्रवासन विवाद र सन् २००३ को व्यापार सम्झौतापछि सिर्जित नयाँ तनाव थियो। 

व्यापार सम्झौतालाई धेरैले मुख्य भूमिलाई दिइएको असमान लाभका रूपमा हेरेका थिए। 

तर धेरैका लागि त्यो हङ्‌कङ र चीन तथा प्रतिष्ठाको एउटा विषयमा बदलाव आइरहेको सङ्केत थियो। 

सन् २०१४: अकुपाइ सेन्ट्रल

हस्तान्तरणपछि विश्वव्यापी मताधिकारको विषय हङ्‌कङमा पनि कायम रहनेमा धेरैले विश्वास गरे। 

त्यसै पनि चीनले उक्त सहरलाई प्रत्यक्ष रूपमा आफ्नो नेता चुन्न दिने वाचा गरेको थियो। 

तर अगस्ट २०१४ मा बेइजिङले मतदाताहरूले पहिल्यै छानिएका सूचीमध्येबाट मात्र नेता छान्न पाउने निर्णय गर्‍यो। 

त्यसलाई ठूलो धोकाका रूपमा हेरियो। 

र त्यसले अकुपाइ सेन्ट्रल नाम दिइएको ठूलो प्रदर्शनको अवस्था सिर्जना गरायो। 

जसमा हप्तौँसम्म हजारौँ मानिस शान्तिपूर्ण प्रदर्शनका लागि जुटे। 

जब प्रहरीले प्रदर्शनकारीको पहिलो समूहलाई अश्रुग्यास प्रहार गर्‍यो, त्यस्तो बलजफ्तीले झन् प्रदर्शन चर्काउने काम मात्र भयो। 

छाताले छेकबार गर्दै प्रदर्शनमा उत्रिएकाहरूको त्यो दृश्य एउटा प्रतीक नै बन्न पुग्यो। 

एउटा आधारभूत मागका लागि जन्मिएको अभियान पछि 'अम्ब्रेला मुभमेन्ट' र प्रजातन्त्र पक्षधर नेताहरूको नयाँ पुस्ता बन्न पुग्यो। 

तर त्यसले पनि हङ्‌कङ-चीन सम्बन्धमा एउटा नयाँ दरार मात्र पैदा गर्‍यो। 

हङ्‌कङको समाज प्रदर्शनकारीपक्षधर "पहेँला" र बेइजिङ पक्ष "नीला"का रूपमा विभाजित भए। 

सन् २०१९: प्रदर्शनहरू र कारबाही

विवादित सुपुर्दगी विधेयकले सुरुवात गराएको प्रदर्शन सन् २०१९ को जून महिनामा सुरु भयो। 

उक्त प्रदर्शन मुख्य भूमिसँग हङ्‌कङको दरारको एउटा प्रतीक बन्न पुग्यो र हङ्‌कङमा त्यसअघि कहिल्यै नदेखिएका ठूला प्रदर्शनहरू भए। 

शान्तिपूर्ण ढङ्गले मानिसहरूको भिड बेइजिङको हस्तक्षेपविरुद्ध उभिए। 

तर प्रदर्शनकारीहरूमाथि प्रहरीद्वारा नयाँ तहको हिंसा देखिए, फायरबम, अश्रुग्यास र पानीका फोहरा प्रहार गरिए। 

त्यो त्यसअघि अकल्पनीय हुने उग्र सडक मुठभेट र विश्वविद्यालय घेराउ हुने अवस्थासम्म पुग्यो।

केही महिनापछि कोभिड महामारीको सुरुवात भयो र भिडभाड रोक्ने प्रतिबन्धले प्रदर्शनहरूलाई काबुमा लिन सक्यो। 

त्यसपछि तीव्र प्रतिहिंसा सुरु भयो। 

प्रहरीले अभियानकर्मी र प्रजातन्त्र पक्षधरहरूमाथि कडा कारबाही सुरु गर्‍यो। 

केही हङ्‌कङवासीहरू देश छाडेर जाने बाटो रोजे। 

चीनले "देशभक्त" चुनावी सुधार ल्यायो जसले बेइजिङप्रति वफादार देखिने व्यक्ति मात्र हङ्‌कङको संसद् र त्यहाँको प्रमुख कार्यकारी पदका लागि लड्न पाउने सुनिश्चित गर्‍यो। 

मे महिनामा कट्टरपन्थी र पूर्व सुरक्षा प्रमुख जोन ली शहरका नयाँ नेता बने। 

उनले मात्र चुनाव लड्ने अनुमति पाएका थिए। 

धेरैले चीनले खास गरी सी जिन्पिङ शक्तिमा आएपछि शहरमा कडिकडाउ गर्न सफल भएको तर्क गर्छन्।

तर पछिल्ला मतसर्वेक्षणहरूले हङकङ चीनलाई हस्तान्तरण भएयता सबैभन्दा कम हङ्‌कङवासीहरूले आफूलाई चिनियाँ नागरिक भनेर चिनाइरहेका छन्। 

के २५ वर्षपछि उक्त शहर मातृभूमिको साँच्चिकै नजिक अनुभव गरिरहेको भन्ने प्रश्न अझै अनुत्तरित छ।