असार १० गते बिहान अद्भुत खगोलीय दृश्य देखिँदै, पाँच ग्रह र चन्द्रमा एउटै लहरमा बसेको कसरी हेर्ने

अन्तरिक्षबाट हेर्दा विभिन्न ग्रहहरू सूर्य र पृथ्वीसहित यस्तो देखिन सक्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कलाकारले बनाएको चित्रः अन्तरिक्षबाट हेर्दा विभिन्न ग्रहहरू सूर्य र पृथ्वीसहित यस्तो देखिन सक्छन्

यो साता एउटा दुर्लभ खगोलीय घटना हेर्ने अवसर पृथ्वीवासीलाई जुरेको छ।

मौसम राम्रो भएमा उत्तरी गोलार्धका अधिकांश स्थानबाट पाँचवटा ग्रह र चन्द्रमा एउटै लहरमा रहेको देखिनेछ।

बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि बिहानीपख सूर्योदयभन्दा अगाडि एउटा वक्ररेखामा देखा पर्नेछन्।

ग्रह

असार ९ गते बिहीवारदेखि असार १० गते शुक्रवारसम्म तिनको संयोजन दर्शनीय अवस्थामा हुनेछ।

यो संयोजनलाई अद्भुत घटना मानिन्छ। खाली आँखाले नै ग्रहहरूको यो खगोलीय भेला देख्न सकिनेछ।

दक्षिणी गोलार्ध

यसअघि सन् २००४ मा ती ग्रहहरू त्यसरी एकैठाउँ देखा परेका थिए।

दक्षिणी गोलार्धबाट बुध र शुक्र ग्रह बिहानीपख देखा पर्छन्। तिनको बीचमा रोहिणी तारा हुनेछ।

रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एउटा हो। यसको व्यास सूर्यको भन्दा ४४ गुना बढी छ र यो रातो रङ्गको देखिन्छ।

खगोलीय पिण्डहरू एउटै रेखामा हुँदा त्यसलाई युति भनिन्छ

तस्बिर स्रोत, Getty Images / Library Picture

तस्बिरको क्याप्शन, खगोलीय पिण्डहरू एउटै रेखामा देखा पर्ने त्यस्तो विन्यासलाई ज्योतिषीय भाषामा युति भनिन्छ

अद्भुत युति

आकाश हेरेर राति अबेरसम्म बस्नुहुन्छ भने सबैभन्दा पहिला तपाईँ शनि देख्नुहुन्छ। शनि मध्यराततिर उदाउँछ।

सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मङ्गल देखा पर्छन्।

सूर्योदय अघि शुक्र उदाउँछ र सूर्योदयसँगै बुध देखा पर्छ।

ती सबै ग्रह चिन्ने तरिकाबारे हामी यहाँ चर्चा गर्छौँ।

आकाशको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ग्रहहरूको अवस्था र युतिका आधारमा ज्योतिषीहरूले भविष्यवाणी गर्छन्

ज्योतिषशास्त्र

ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण भएको ज्योतिषीहरूको मान्यता छ।

ग्रहहरूको यस्तो युतिको सम्बन्ध शक्ति प्रवाहसँग हुन्छ। त्यसले युद्धको अवस्थाबाट शान्ति र सद्भावतिर मानवजातिलाई लैजाने कसैकसैको विश्वास छ।

यसको अर्थ दुष्ट प्रवृत्तिलाई अन्ततः प्रेम, स्वीकार र सहकार्यले विस्थापित गर्न सक्छ।

तपाईँले के देख्न सक्नुहुन्छ?

बृहस्पति (तल) र शनि एउटै लहरमा देखा पर्नेछन्

तस्बिर स्रोत, Getty Images / Library Picture

तस्बिरको क्याप्शन, बृहस्पति (तल) र शनि एउटै लहरमा देखा पर्नेछन्

शनि

यो वर्ष शरद् ऋतुमा राति शनि ग्रह देखिनेछ।

अहिले भने स्थानीय समयानुसार मध्यरातअघि नै शनि उदाउँछ।

दूरबिनले हेर्दा शनि ग्रहबाहिरको घेरा पनि देखिन्छ

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, दूरबिनले हेर्दा शनि ग्रहको बाहिरको घेरा पनि देखिन्छ

खाली आँखाले हेर्दा शनि चहकिलो पहेँलो-सेतो रङ्गको देखिन्छ।

सानो दूरबिनले हेर्दा शनि ग्रहका घेराहरू पनि देख्न सकिन्छ। अहिले ती घेराहरू साँघुरिन थाले जस्तो देखिन्छ।

ती घेराहरू शनिको उत्तर र दक्षिणमा तन्किएका छन्।

सूर्योदय अघिको बेला दक्षिणपूर्वीदेखि दक्षिणी आकाशमा यस्लाई सजिलै देखिन्छ।

मङ्गल

मङ्गल ग्रह

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, मङ्गल ग्रह पृथ्वीबाट हेर्दा पनि सुन्तला-पहेँलो रङ्गको देखिन्छ

मङ्गल बिहानीपख उदाउँछ। आकाश सफा भएको बेला यो महिना यो ग्रह सजिलै देखिन्छ।

मङ्गल पूर्वीदेखि दक्षिणपूर्वी आकाशमा बिहान २ बजेभन्दा केही समयअगाडि उदाउँछ। पृथ्वीबाट देखिने नवौँ चम्किलो तारा एकेर्नारजत्तिकै मङ्ल पनि उज्यालो देखिन्छ।

तपाईँले आकाशमा हेर्दा मङ्गल सुन्तला-पहेँलो रङ्गको देखिन्छ।

असार ८ र ९ गते (बुधवार र बिहीवार) चन्द्रमा मङ्गल ग्रहनजिकै पुग्छ।

त्यसो हुँदा चन्द्रसहित छवटा खगोलीय पिण्ड एउटै लहरमा बस्न पुग्छन्।

बृहस्पति

बृहस्पति ग्रह

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, उत्तरी गोलार्धको आकाशमा बृहस्पति सजिलै देखिने ग्रह हो

हामीमध्ये धेरै जनाले बिहानीपख आकाशमा बृहस्पति चिन्न सक्छौँ। पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो लुब्धक तारा (सिरिअस) भन्दा बृहस्पति दुईगुना चम्किलो हुन्छ।

यो महिना दूरबिनबाट हेर्दा बृहस्पतिको पश्चिमी भाग पूर्वी भागभन्दा अलिक कम चम्किलो देखिन्छ।

असार २२ बुधवारदेखि बृहस्पति सजिलै देखिन तालेको छ। शनिवार यो ग्रह "द ह्वेल" पनि भनिने सिटस तारामण्डलतिर पुग्नेछ।

शुक्र

शुक्र

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, गोधूलिको बेला देखा पर्ने शुक्र ग्रह मध्यअसारमा अझ राम्ररी देखिनेछ

शुक्र ग्रह सूर्योदयअघिको समयमा उदाउँछ र बृहस्पतिभन्दा चम्किलो हुन्छ।

असार १६ गते बिहान सूर्योदयभन्दा आधा घण्टाअगाडि बृहस्पति सजिलै देखिनेछ।

दूरबिनबाट हेर्दा शुक्र ग्रहको नौ डिग्री देब्रेपट्टि कृत्तिका नक्षत्र पनि देख्न सकिन्छ। तर उज्यालो नबढेकै बेला हेर्नुपर्छ।

बुध

बुध ग्रह

तस्बिर स्रोत, NASA

आगामी साता बिहीवार (असार १६ गते) बिहान बुध ग्रह पनि सूर्योदयभन्दा ३० मिनेटअगाडि सजिलै देखिनेछ।

त्यतिबेला यो ग्रह क्षितिजमा सबैभन्दा तल देखा पर्छ।

बिहानीपख आकाशमा हेर्दा जेठ महिनाको मध्यसम्म यो ग्रह निकै पर र कम चम्किलो थियो। असार २ गतेदेखि भने सूर्योदयभन्दा आधा घण्टाअगाडि खाली आँखाले हेर्दा बुध पूर्व वा पूर्वोत्तर आकाशमा निकै तल देखा पर्न थाल्यो।

तपाईँ यो ग्रह शुक्रभन्दा तल देब्रेपट्टि देख्न सक्नुहुन्छ।

बुध आगामी साता सोमवार (असार १३ गते) बिहान सूर्योदयभन्दा झन्डै एक घण्टाअघि पूर्वोत्तर क्षितिजमा उदाउनेछ।

चन्द्रमा

तस्बिर स्रोत, Getty Images / Library Picture

तस्बिरको क्याप्शन, ग्रहहरूको खगोलीय सम्मेलनमा चन्द्रमा पनि सहभागी भएको अद्भुत दृश्य देखिनेछ