तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल: दक्षिण कोरिया
उत्तर कोरियाले गरेको 'अज्ञात क्षेप्यास्त्र'को परीक्षण प्रहार असफल भएको देखिएको दक्षिण कोरियाली सेनाले जनाएको छ।
राजधानी प्योङ्याङको बाहिर रहेको क्षेत्रबाट सो क्षेप्यास्त्र प्रहार गरिएको थियो।
सो स्थानबाट यसअघि पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो जसमध्ये अन्तर्महादेशीय क्षेप्यास्त्र भएको अमेरिकाले दाबी गरेको थियो।
बुधवारको परीक्षण हालैका दिनमा उत्तर कोरियाले हतियार परीक्षण तीव्र पारेको अवस्थामा भएको हो।
"उत्तर कोरियाले सुनान क्षेत्रबाट आज ९:३० मा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको थियो तर त्यो प्रहार लगत्तै असफल भएको देखिएको छ," सोलका संयुक्त सैन्य बल प्रमुखले एक वक्तव्यमा भनेका छन्।
एनके न्यूजले प्योङ्याङ प्रत्यक्षदर्शीले ठूलो विमानको झैँ आवाज सुनेको र लगत्तै 'पड्किएको' जस्तो आवाज आएको बताएको लेखेको छ। राजधानीको आकाशमा रातो रङ्ग देखिने धुवाँको मुस्लो देखिएको पनि बताइएको छ।
एनके न्यूजसँग विज्ञ अंकित पान्डाले अहिलेको परीक्षण को दृश्य पनि असफलताको जस्तै देखिएको बताउँदै रातो खालको पहेँलो धुवाँ तरल इन्धनको हुने र त्यो मानिसका लागि विषालु हुने बताएका छन्।
उत्तर कोरियाले यो वर्ष मात्रै नौ पटक हतियार परीक्षण गरेको छ। त्यसमा नयाँ अन्तर्महादेशीय क्षेप्यास्त्रको अंश पनि रहेको अमेरिकी दाबी छ। अमेरिकाले उत्तर कोरियाले त्यसलाई अन्तर्महादेशीय क्षेप्यास्त्रको पूर्ण परीक्षणअघि आंशिक प्रयोगात्मक परीक्षण हुनसक्ने बताएको छ।
कम्तीमा ५,५०० किलोमिटर दूरीको क्षमता भएको अन्तर्महादेशीय क्षेप्यास्त्र उत्तर कोरियाबाट अमेरिकासम्म पुग्न सक्छ र त्यसले पारमाणविक अस्त्र बोक्न सक्छ।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई लामो दूरी र पारमाणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्तापछि उत्तर कोरियाले त्यस्ता परीक्षण रोकेको थियो तर सन् २०२० मा किम जङ उनले ती प्रतिबद्धताको अर्थ नरहेको बताएका थिए।
प्योङ्याङले फेब्रुअरी २६ र मार्च ४ को परीक्षण भूउपग्रह विकास गर्नका लागि रहेको दाबी गर्छ।