श्रीलङ्काः 'बुद्धको दाँत' बोक्ने चर्चित हात्तीको निधन
श्रीलङ्कामा सरकारले 'राष्ट्रिय निधि' घोषणा गरेको एउटा चर्चित हात्तीको निधन भएको छ।
उक्त हात्ती बुद्धको दाँत भन्ठानिएको अस्थिधातु राखिएको एउटा बाकस बोकेर मध्य श्रीलङ्कामा प्रत्येक वर्ष आयोजना हुने एउटा विशेष धार्मिक समारोहमा सहभागी हुन्थ्यो।
क्यान्डी नगरमा अवस्थित एउटा प्रसिद्ध बौद्ध मन्दिरमा आयोजना गरिने समारोहमा प्रयोग गरिने १०० हात्तीमध्ये यो हात्ती प्रमुख थियो।
परम्परागत मान्यताअनुसार विशेष गुण भएका र लामा दाह्रा भएका हात्तीलाई मात्र त्यस्तो विशेष धार्मिक भूमिका दिन मिल्छ।
यो हात्तीको जन्म सन् १९५३ मा भारतमा भएको थियो। श्रीलङ्काका एक चिकित्सक तथा भिक्षुले उपहारमा 'राजा' पाएका थिए।
मैसूरका महाराजले आफ्ना एक नातेदारको उपचार गरिदिएकोमा कृतज्ञता ज्ञापन गर्न त्यतिबेला दुइटा छावा उपहार दिएका थिए।
अनि यो पनि



