किन फुक्यो हात्तीले खरानी?

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन फुक्यो हात्तीले खरानी?

जङ्गली हात्तीले आगो लागेको ठाउँबाट खरानी फुकेको यो भिडिओ देख्दा वन्यजन्तुविद्हरू अचम्ममा परेका छन्।

वन्यजन्तु संरक्षण समाजसँग आबद्ध भारतीय वैज्ञानिक विनय कुमारले कर्णाटक राज्यको एउटा जङ्गलमा सन् २०१६ को अप्रिलमा यो दृश्य खिचेका थिए।

तर आफूले त्यति बेला यो दृश्यको महत्त्व नबुझेको हुनाले बल्ल अहिले सार्वजनिक गरेको कुमारले बीबीसीलाई बताए।

यस्तो खालको गतिविधि क्यामरामा कैद भएको यो सम्भवत: पहिलो पटक हो।