दुर्लभ नोर्दर्न ह्वाइट गैँडाको अन्तिम भाले मर्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुडानः नोर्दर्न ह्वाइट प्रजातिको अन्तिम भाले गैँडा

विश्वमा बाँकी रहेको नोर्दर्न ह्वाइट उपजातिको अन्तिम भाले गैँडाको केन्यामा मृत्यु भएको छ।

सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त उपजाति नै लोप हुने अवस्थामा पुगेको छ।

बुढ्यौलीका कारण सुडान बिरामी थियो र उसको स्वास्थ्यस्थिति थप बिग्रिएपछि उसलाई सोमवार चिरनिद्रामा सुताइएको थियो।

सुडानका छोरी र नातिनी

तस्बिर स्रोत, EPA

नोर्दर्न ह्वाइट गैँडाको उपजातिमा अब सुडानका छोरी र नातिनी मात्रै जीवित छन्।

संरक्षणकर्मीहरूले नोर्दर्न ह्वाइट गैँडा जोगाउने एउटै उपाय भालेहरूबाट सङ्कलन गरी सुरक्षित राखिएको वीर्य र जीवित पोथीहरूको डिम्ब प्रयोग गरी कृत्रिम निषेचन (इन् भिट्रो फर्टिलाइजेशन्) विधिको विकास हो भनेका छन्।

सखाप

मानिसको आयुसँग तुलना गर्दा सुडान ९० वर्षको उमेरको मान्छे बराबर मानिन्थ्यो। यही उपजातिको अर्को भालेको सन् २०१४ मा प्राकृतिक रूपमा मृत्यु भएको थियो।

सन् १९७० र १९८० का दशकहरूमा अवैध सिकारको चपेटामा परेर नर्दर्न ह्वाइट गैँडाहरू मारिएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

परम्परागत चिनियाँ औषधि र यमनमा छुरी बनाउन खागको माग भएका कारण गैँडाको चोरीसिकारी बढेको थियो।

डीआर कङ्गोमा बाँकी रहेका केही दर्जन नर्दर्न ह्वाइट गैँडाहरू पछि सन् २००० को दशको पूर्वार्धमा मारिए।

विश्व वन्यजन्तु कोषका अनुसार सन् २००८ सम्म आइपु्ग्दा सो उपजाति लोप भएको मानिएको थियो।

कसरी भयो मृत्यु?

बूढो सुडान मांसपेशी र हड्डीको समस्याबाट पीडित थियो। उसको छालामा पनि ठूला घाउहरू थिए।

अन्तिम २४ घण्टा उठ्न नसकेपछि र धेरै पीडामा परेको देखिएपछि सुडानलाई पशुचिकित्सकहरूले मारिदिएका थिए।

सुडान प्राकृतिक थलोमा जन्मिएको अन्तिम नर्दर्न ह्वाइट गैँडा थियो र ऊ सन् २००९ सम्म जङ्गलमै बस्थ्यो।