तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनमा युद्ध: घरहरू रुसी आक्रमणमा परेर ह्वार्ह्वारी बल्दै गर्दा भाग्दै गरेका इरपिनका स्थानीय बासिन्दा
किएभबाट २० किलोमिटरमा उत्तर-पश्चिममा रहेको इरपिन शहरबाट त्यहाँको सेनाको सहयोगमा बाहिरिँदै गरेका मानिसहरू।
यो बाटो कठिन छ, गोलाबारी भइरहेका सडक र क्षतिग्रस्त पुलबाट धेरै मानिसहरू पैदल यात्रामा छन्।
गत हप्ता इरपिन रुसी र युक्रेनी सेनाको युद्ध मैदान बन्न पुग्यो।
हतियार र हवाई आक्रमणले यो क्षेत्रमा गम्भीर क्षति पुर्याएको छ, कम्तीमा मानिसहरू बस्ने एउटा टावर झन्डै पूर्ण रूपमा क्षति भएको छ।
पछिल्ला दिनमा खासगरी महिला र केटाकेटी बोकेका रेल किएभका बाहिरी भागबाट भित्री भागतर्फ आउने गरेका छन्।
यो हप्ताको शुरूतिर इरपिनको एउटा आवासीय भवनमा गोलाबारी भएपछि विध्वंस हुँदाको दृश्य यो भिडिओमा:
सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।