कोभिडः गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्न विश्व स्वास्थ्य सङ्गठन आग्रह

कोभिडका कारण मृत्यु भएका मानिसको शव पुर्न बनाइएको खाडल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गरिब देशहरूमा कोरोनाभाइरस सङ्क्रमण बढिरहेको छ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ।

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसङ्ख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्।

इजरेल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना घोषणा गरेका छन्।

तर डा. टेड्रोसले गरिब देशहरू खोप अभियानमा पछाडि परिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

अवस्था

डब्ल्यूएचओका अनुसार कम आय भएका देशहरूले खोप आपूर्ति नभएकाले प्रति १०० जनामा १.५ जनालाई मात्र खोप दिन पाएका छन्।

डा. टेड्रोसले त्यस्तो क्रम रोकिएर धेरैजसो खोप कम आय भएका देशमा जानुपर्ने बताए।

उनले थपे, “म डेल्टा भेरिअन्टबाट आफ्ना नागरिकहरूलाई बचाउनुपर्ने देशका चासो बुझ्छु। तर यसअघि नै विश्वव्यापी आपूर्तिको धेरै खोप प्रयोग गरिसकेका देशले अझ धेरै त्यो प्रयोग गर्ने कुरा स्वीकार्य हुँदैन।”

उच्च र कम आय भएका देशहरूबीच विद्यमान खाडल कम गर्ने प्रयास भइरहँदा राष्ट्रसङ्घीय स्वास्थ्य निकायबाट अहिले यस्तो आह्वान भएको हो।

उसले अर्को महिनासम्ममा सबैजसो देशमा १० प्रतिशत जनसङ्ख्याले खोप पाऊन् भन्ने चाहेको छ।

तर अहिलेको क्रमले त्यस्तो लक्ष्य पूरा हुने सम्भव देखिँदैन।

खोप

खाडल

हेइटी र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कसैले पनि खोपको दोस्रो मात्रा लगाएका छैनन्।

केही महिनायता डेल्टा भेरिअन्टका कारण उच्च सङ्क्रमण खेपिरहेको इन्डोनेशियामा ७.९ प्रतिशत जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएको आवर वर्ल्ड इन डेटाले जनाएको छ।

यसैबीच इजरेलले ६० वर्षमाथिका मानिसलाई बूस्टर डोज दिन सुरु गरेको छ भने जर्मनीले मोडेर्ना र फाइजर खोप लगाएका मानिसलाई तेस्रो मात्रा दिइने घोषणा गरेको छ।

यूकेमा जोखिममा रहेको ठानिएका दशौँ लाख मानिसलाई सेप्टेम्बरबाट खोपको अतिरिक्त मात्रा दिन सकिने बताइएको छ।

पुरानै आग्रह

अमेरिकाले खोपको अतिरिक्त मात्रा दिने विषयमा आफ्नो नीति सार्वजनिक गरेको छैन। तथापि ह्वाइटहाउसले बुधवार जनाएअनुसार अमेरिकीहरूलाई खोप सुनिश्चित गर्नेगरी देशबाहिर खोप बाँड्न पर्याप्त खोप उपलब्ध छ।

विपन्न देशहरूलाई खोप दान गर्न डा. टेड्रोसले धनी देशहरूलाई पहिला पनि आह्वान गरेका थिए।

मे महिनामै उनले धनी देशहरूलाई बालबालिका र किशोरकिशोरीलाई खोप दिने कार्यक्रम पर सारेर खोप दान गर्न आग्रह गरेका थिए।

सबै देशलाई समानताका आधारमा खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई थप खोप आपूर्ति गर्नमा उनको जोड छ।

विश्वव्यापी खोप वितरण

विश्वव्यापी खोप वितरण

टेबल स्क्रोल गर्नुस्
विश्व
६१
१२,१२०,५२४,५४७
चीन
८७
३,४०३,६४३,०००
भारत
६६
१,९७८,९१८,१७०
अमेेरिका (यूएसए)
६७
५९६,२३३,४८९
ब्रजिल
७९
४५६,९०३,०८९
इन्डोनेशिया
६१
४१७,५२२,३४७
जापान
८१
२८५,७५६,५४०
बाङ्ग्लादेश
७२
२७८,७८५,८१२
पाकिस्तान
५७
२७३,३६५,००३
भियतनाम
८३
२३३,५३४,५०२
मेक्सिको
६१
२०९,१७९,२५७
जर्मनी
७६
१८२,९२६,९८४
रुस
५१
१६८,९९२,४३५
फिलिपिन्स
६४
१५३,८५२,७५१
इरान
६८
१४९,९५७,७५१
यूके
७३
१४९,३९७,२५०
टर्की
६२
१४७,८३९,५५७
फ्रान्स
७८
१४६,१९७,८२२
थाईल्यान्ड
७६
१३९,०९९,२४४
इटली
७९
१३८,३१९,०१८
दक्षिण कोरिया
८७
१२६,०१५,०५९
आर्जेन्टिना
८२
१०६,०७५,७६०
स्पेन
८७
९५,१५३,५५६
इजिप्ट
३६
९१,४४७,३३०
क्यानडा
८३
८६,२५६,१२२
कोलम्बिया
७१
८५,७६७,१६०
पेरू
८३
७७,८९२,७७६
मलेशिया
८३
७१,२७२,४१७
साउदी अरब
७१
६६,७००,६२९
म्यान्मार
४९
६२,२५९,५६०
चिली
९२
५९,६०५,७०१
ताइवान
८२
५८,२१५,१५८
अस्ट्रेलिया
८४
५७,९२७,८०२
उज्बेकिस्तान
४६
५५,७८२,९९४
मोरक्को
६३
५४,८४६,५०७
पोलन्ड
६०
५४,६०५,११९
नाइजिरिया
१०
५०,६१९,२३८
इथियोपिया
३२
४९,६८७,६९४
नेपाल
६९
४६,८८८,०७५
कम्बोडिया
८५
४०,९५६,९६०
श्रीलङ्का
६८
३९,५८६,५९९
क्युबा
८८
३८,७२५,७६६
भेनेजुएला
५०
३७,८६०,९९४
दक्षिण अफ्रिका
३२
३६,८६१,६२६
एक्वडर
७८
३५,८२७,३६४
नेदरल्यान्ड्स
७०
३३,३२६,३७८
युक्रेन
३५
३१,६६८,५७७
मोजाम्बिक
४४
३१,६१६,०७८
बेल्जम
७९
२५,६७२,५६३
यूएई
९८
२४,९२२,०५४
पोर्चुगल
८७
२४,६१६,८५२
रुवान्डा
६५
२२,७१५,५७८
स्वीडन
७५
२२,६७४,५०४
युगान्डा
२४
२१,७५६,४५६
ग्रीस
७४
२१,१११,३१८
कजाखस्तान
४९
२०,९१८,६८१
अङ्गोला
२१
२०,३९७,११५
घाना
२३
१८,६४३,४३७
इराक
१८
१८,६३६,८६५
केन्या
१७
१८,५३५,९७५
अस्ट्रिया
७३
१८,४१८,००१
इजरेल
६६
१८,१९०,७९९
ग्वाटेमाला
३५
१७,९५७,७६०
हङ्‌कङ
८६
१७,७३१,६३१
चेक गणतन्त्र
६४
१७,६७६,२६९
रुमेनिया
४२
१६,८२७,४८६
हङ्गेरी
६४
१६,५३०,४८८
डोमिनिकन गणतन्त्र
५५
१५,७८४,८१५
स्विट्जरल्यान्ड
६९
१५,७५९,७५२
अल्जिरिया
१५
१५,२०५,८५४
होन्डुरस
५३
१४,४४४,३१६
सिङ्गापुर
९२
१४,२२५,१२२
बलिभिया
५१
१३,८९२,९६६
ताजिकिस्तान
५२
१३,७८२,९०५
अजर्बैजान
४७
१३,७७२,५३१
डेन्मार्क
८२
१३,२२७,७२४
बेलारुस
६७
१३,२०६,२०३
ट्यूनिशिया
५३
१३,१९२,७१४
आईभरी कोस्ट
२०
१२,७५३,७६९
फिनलन्ड
७८
१२,१६८,३८८
जिम्बाब्वे
३१
१२,००६,५०३
निकारागुआ
८२
११,४४१,२७८
नर्वे
७४
११,४१३,९०४
न्यूजील्यान्ड
८०
११,१६५,४०८
कोस्टा रिका
८१
११,०१७,६२४
आयरल्यान्ड
८१
१०,९८४,०३२
एल साल्भडोर
६६
१०,९५८,९४०
लाओस
६९
१०,८९४,४८२
जोर्डन
४४
१०,००७,९८३
पाराग्वे
४८
८,९५२,३१०
तान्जनिया
८,८३७,३७१
युरुग्वे
८३
८,६८२,१२९
सर्बिया
४८
८,५३४,६८८
प्यानमा
७१
८,३६६,२२९
सुडान
१०
८,१७९,०१०
कुवेत
७७
८,१२०,६१३
जाम्बिया
२४
७,१९९,१७९
तुर्क्मेनिस्तान
४८
७,१४०,०००
स्लोभाकिया
५१
७,०७६,०५७
ओमान
५८
७,०६८,००२
कतार
९०
६,९८१,७५६
अफगानिस्तान
१३
६,४४५,३५९
गिनी
२०
६,३२९,१४१
लेबनान
३५
५,६७३,३२६
मङ्गोलिया
६५
५,४९२,९१९
क्रोएशिया
५५
५,२५८,७६८
लिथुएनिया
७०
४,४८९,१७७
बल्गेरिया
३०
४,४१३,८७४
सिरिया
१०
४,२३२,४९०
प्यालेस्टिनी भूभाग
३४
३,७३४,२७०
बेनिन
२२
३,६८१,५६०
लिबिया
१७
३,५७९,७६२
नीजेर
१०
३,५३०,१५४
डीआर कङ्गो
३,५१४,४८०
सिएरा लिओन
२३
३,४९३,३८६
बहराइन
७०
३,४५५,२१४
टोगो
१८
३,२९०,८२१
किर्गिजस्तान
२०
३,१५४,३४८
सोमालिया
१०
३,१४३,६३०
स्लोभिनिया
५९
२,९९६,४८४
बर्कीना फासो
२,९४७,६२५
एल्बेनिया
४३
२,९०६,१२६
जोर्जा
३२
२,९०२,०८५
ल्याट्भिया
७०
२,८९३,८६१
मरिटेनिया
२८
२,८७२,६७७
बोट्स्वाना
६३
२,७३०,६०७
लाइबेरिया
४१
२,७१६,३३०
मरिशस
७४
२,५५९,७८९
सेनेगल
२,५२३,८५६
माली
२,४०६,९८६
म्याडग्यास्कर
२,३६९,७७५
चाड
१२
२,३५६,१३८
मलावी
२,१६६,४०२
मोल्डोभा
२६
२,१६५,६००
आर्मीनीया
३३
२,१५०,११२
एस्टोनिया
६४
१,९९३,९४४
बोस्निया-हर्सगोभिना
२६
१,९२४,९५०
भुटान
८६
१,९१०,०७७
उत्तर म्यासडोनिआ
४०
१,८५०,१४५
क्यामरून
१,८३८,९०७
कोसोभो
४६
१,८३०,८०९
साईप्रस
७२
१,७८८,७६१
टिमोर-लेस्टे
५२
१,६३८,१५८
फिजी
७०
१,६०९,७४८
ट्रिनिडाड एन्ड टोबेगो
५१
१,५७४,५७४
जमैका
२४
१,४५९,३९४
मकाउ
८९
१,४४१,०६२
माल्टा
९१
१,३१७,६२८
लक्सम्बर्ग
७३
१,३०४,७७७
दक्षिण सुडान
१०
१,२२६,७७२
चाड
२२
१,२१७,३९९
ब्रुनाई
९७
१,१७३,११८
गुयाना
५८
१,०११,१५०
माल्दिभ्स
७१
९४५,०३६
लसूटू
३४
९३३,८२५
येमन
८६४,५४४
कङ्गो
१२
८३१,३१८
नमिबिया
१६
८२५,५१८
गाम्बिया
१४
८१२,८११
आइसल्यान्ड
७९
८०५,४६९
केप भर्ड
५५
७७३,८१०
मन्टिनिग्रो
४५
६७५,२८५
कमरोज
३४
६४२,३२०
पापुआ न्यूगिनी
६१५,१५६
गिनी-बिसाउ
१७
५७२,९५४
ग्याबोन
११
५६७,५७५
एस्वाटिनी
२९
५३५,३९३
सुरिनाम
४०
५०५,६९९
समोआ
९९
४९४,६८४
बलीज
५३
४८९,५०८
एक्वटोरीअल गिनी
१४
४८४,५५४
सोलमन द्वीप
२५
४६३,६३७
हेइटी
३४२,७२४
बहामस
४०
३४०,८६६
बार्बेडस
५३
३१६,२१२
भानुआटु
४०
३०९,४३३
टोङ्गा
९१
२४२,६३४
जर्जी
८०
२३६,०२६
जिबूटी
१६
२२२,३८७
सेशेल्ज
८२
२२१,५९७
साओ टमे एन्ड प्रिन्सिप
४४
२१८,८५०
आईअल अफ म्यान
७९
१८९,९९४
गर्न्जी
८१
१५७,१६१
एन्डोरा
६९
१५३,३८३
किरबाटी
५०
१४७,४९७
केमन द्वीप
९०
१४५,९०६
बर्म्युडा
७७
१३१,६१२
एन्टिगा एन्ड बार्बुडा
६३
१२६,१२२
सेन्ट लुशिया
२९
१२१,५१३
जिब्रोल्टर
१२३
११९,८५५
फेअरो द्वीप
८३
१०३,८९४
ग्रनेडा
३४
८९,१४७
ग्रीनल्यान्ड
६८
७९,७४५
सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनडीन्ज
२८
७१,५०१
लिख्टन्स्टाईन
६९
७०,७८०
टर्क्स एन्ड केकस आईलन्ड्स
७६
६९,८०३
स्यान मरिनो
६९
६९,३३८
डोमिनिका
४२
६६,९९२
मोनको
६५
६५,१४०
सेन्ट किट्स एन्ड नीभिस
४९
६०,४६७
ब्रिटिश भर्जिन आईलन्ड्स
५९
४१,१९८
कुक द्वीप
८४
३९,७८०
एङ्ग्विला
६७
२३,९२६
नाउरु
७९
२२,९७६
बुरुन्डी
०.१२
१७,१३९
टूभालू
५२
१२,५२८
सेन्ट हलिना
५८
७,८९२
मोन्टसेराट
३८
४,४२२
फोल्क्लन्ड द्वीप
५०
४,४०७
नीयूए
८८
४,१६१
टोकलाउ
७१
१,९३६
पिट्केअर्न द्वीप
१००
९४
उत्तर कोरिया
एरिट्रिया
दक्षिण जोर्जा र साउथ स्यान्ड्विच द्वीप
ब्रिटिश हिन्द महासागर क्षेत्र
भ्याटिकन

पूरै अन्तर्क्रियात्मक सामग्री हेर्न आफ्नो ब्राउजर अद्यावधिक गर्नुहोस्