कोरोना भाइरस खोपः मेरो देश र बाँकी विश्वको स्थिति कस्तो छ?

खोप

कोभिड खोप वितरणबारे अहिले सबै जनाको मनमा उत्पन्न हुने प्रश्न हो- मेरो पालो कहिले आउँछ? केही देशहरूले स्पष्ट लक्ष्य राखेका छन् तर बाँकी विश्वको अवस्था अस्पष्ट छ। उसोभए हामीलाई अहिलेसम्म के थाहा छ?

कोभिड-१९ को खोप लिनु भनेको जीवनमरणको सवाल हो।

यसमा जटिल वैज्ञानिक प्रक्रियाहरू, बहुराष्ट्रिय कम्पनीहरू, कैयन् विरोधाभासपूर्ण सरकारी वाचा र कर्मचारीतन्त्र तथा नियमका जालो जोडिएका छन्। त्यसैले कहाँ कसले कतिखेर खोप पाउलान् भनेर भनिहाल्न कठिन छ।

यो विषयमा इकोनमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू)को ग्लोबल फोरकास्टिङका निर्देशक अगाथे डेमाराइसले यसबारे विस्तृत अध्ययन गरेकी छिन्।

ईआईयूले विश्वको खोप उत्पादन क्षमताका साथै खोप वितरणका लागि आवश्यक स्वास्थ्य पूर्वाधार अनि देशअनुसारको जनसङ्ख्या र खोप किन्न सक्ने क्षमता हेरेको छ।

यसको मुख्य निष्कर्ष धेरैले सोचे जस्तै धनी र गरिबको सवालमा खोप वितरण भर पर्छ भन्ने नै छ। यूके र अमेरिकालाई खोप आपूर्तिमा कुनै समस्या छैन। किनभने तिनले खोप विकासमा पनि धेरै स्रोत लगाए र अहिले लाइनमा अगाडि छन्।

क्यानडा तथा ईयूका देशहरू उनीहरूभन्दा थोरै पछाडि छन्।

तर अधिकांश न्यून आय भएका देशहरूले खोप लगाउन सुरु गरेकै छैनन्। तर केही अनौठो उदाहरण पनि देखिएका छन्।

विश्वमा भइरहेका खोप वितरण कार्यक्रम हेरौँ

विश्वव्यापी खोप वितरण

विश्वव्यापी खोप वितरण

टेबल स्क्रोल गर्नुस्
विश्व
६१
१२,१२०,५२४,५४७
चीन
८७
३,४०३,६४३,०००
भारत
६६
१,९७८,९१८,१७०
अमेेरिका (यूएसए)
६७
५९६,२३३,४८९
ब्रजिल
७९
४५६,९०३,०८९
इन्डोनेशिया
६१
४१७,५२२,३४७
जापान
८१
२८५,७५६,५४०
बाङ्ग्लादेश
७२
२७८,७८५,८१२
पाकिस्तान
५७
२७३,३६५,००३
भियतनाम
८३
२३३,५३४,५०२
मेक्सिको
६१
२०९,१७९,२५७
जर्मनी
७६
१८२,९२६,९८४
रुस
५१
१६८,९९२,४३५
फिलिपिन्स
६४
१५३,८५२,७५१
इरान
६८
१४९,९५७,७५१
यूके
७३
१४९,३९७,२५०
टर्की
६२
१४७,८३९,५५७
फ्रान्स
७८
१४६,१९७,८२२
थाईल्यान्ड
७६
१३९,०९९,२४४
इटली
७९
१३८,३१९,०१८
दक्षिण कोरिया
८७
१२६,०१५,०५९
आर्जेन्टिना
८२
१०६,०७५,७६०
स्पेन
८७
९५,१५३,५५६
इजिप्ट
३६
९१,४४७,३३०
क्यानडा
८३
८६,२५६,१२२
कोलम्बिया
७१
८५,७६७,१६०
पेरू
८३
७७,८९२,७७६
मलेशिया
८३
७१,२७२,४१७
साउदी अरब
७१
६६,७००,६२९
म्यान्मार
४९
६२,२५९,५६०
चिली
९२
५९,६०५,७०१
ताइवान
८२
५८,२१५,१५८
अस्ट्रेलिया
८४
५७,९२७,८०२
उज्बेकिस्तान
४६
५५,७८२,९९४
मोरक्को
६३
५४,८४६,५०७
पोलन्ड
६०
५४,६०५,११९
नाइजिरिया
१०
५०,६१९,२३८
इथियोपिया
३२
४९,६८७,६९४
नेपाल
६९
४६,८८८,०७५
कम्बोडिया
८५
४०,९५६,९६०
श्रीलङ्का
६८
३९,५८६,५९९
क्युबा
८८
३८,७२५,७६६
भेनेजुएला
५०
३७,८६०,९९४
दक्षिण अफ्रिका
३२
३६,८६१,६२६
एक्वडर
७८
३५,८२७,३६४
नेदरल्यान्ड्स
७०
३३,३२६,३७८
युक्रेन
३५
३१,६६८,५७७
मोजाम्बिक
४४
३१,६१६,०७८
बेल्जम
७९
२५,६७२,५६३
यूएई
९८
२४,९२२,०५४
पोर्चुगल
८७
२४,६१६,८५२
रुवान्डा
६५
२२,७१५,५७८
स्वीडन
७५
२२,६७४,५०४
युगान्डा
२४
२१,७५६,४५६
ग्रीस
७४
२१,१११,३१८
कजाखस्तान
४९
२०,९१८,६८१
अङ्गोला
२१
२०,३९७,११५
घाना
२३
१८,६४३,४३७
इराक
१८
१८,६३६,८६५
केन्या
१७
१८,५३५,९७५
अस्ट्रिया
७३
१८,४१८,००१
इजरेल
६६
१८,१९०,७९९
ग्वाटेमाला
३५
१७,९५७,७६०
हङ्‌कङ
८६
१७,७३१,६३१
चेक गणतन्त्र
६४
१७,६७६,२६९
रुमेनिया
४२
१६,८२७,४८६
हङ्गेरी
६४
१६,५३०,४८८
डोमिनिकन गणतन्त्र
५५
१५,७८४,८१५
स्विट्जरल्यान्ड
६९
१५,७५९,७५२
अल्जिरिया
१५
१५,२०५,८५४
होन्डुरस
५३
१४,४४४,३१६
सिङ्गापुर
९२
१४,२२५,१२२
बलिभिया
५१
१३,८९२,९६६
ताजिकिस्तान
५२
१३,७८२,९०५
अजर्बैजान
४७
१३,७७२,५३१
डेन्मार्क
८२
१३,२२७,७२४
बेलारुस
६७
१३,२०६,२०३
ट्यूनिशिया
५३
१३,१९२,७१४
आईभरी कोस्ट
२०
१२,७५३,७६९
फिनलन्ड
७८
१२,१६८,३८८
जिम्बाब्वे
३१
१२,००६,५०३
निकारागुआ
८२
११,४४१,२७८
नर्वे
७४
११,४१३,९०४
न्यूजील्यान्ड
८०
११,१६५,४०८
कोस्टा रिका
८१
११,०१७,६२४
आयरल्यान्ड
८१
१०,९८४,०३२
एल साल्भडोर
६६
१०,९५८,९४०
लाओस
६९
१०,८९४,४८२
जोर्डन
४४
१०,००७,९८३
पाराग्वे
४८
८,९५२,३१०
तान्जनिया
८,८३७,३७१
युरुग्वे
८३
८,६८२,१२९
सर्बिया
४८
८,५३४,६८८
प्यानमा
७१
८,३६६,२२९
सुडान
१०
८,१७९,०१०
कुवेत
७७
८,१२०,६१३
जाम्बिया
२४
७,१९९,१७९
तुर्क्मेनिस्तान
४८
७,१४०,०००
स्लोभाकिया
५१
७,०७६,०५७
ओमान
५८
७,०६८,००२
कतार
९०
६,९८१,७५६
अफगानिस्तान
१३
६,४४५,३५९
गिनी
२०
६,३२९,१४१
लेबनान
३५
५,६७३,३२६
मङ्गोलिया
६५
५,४९२,९१९
क्रोएशिया
५५
५,२५८,७६८
लिथुएनिया
७०
४,४८९,१७७
बल्गेरिया
३०
४,४१३,८७४
सिरिया
१०
४,२३२,४९०
प्यालेस्टिनी भूभाग
३४
३,७३४,२७०
बेनिन
२२
३,६८१,५६०
लिबिया
१७
३,५७९,७६२
नीजेर
१०
३,५३०,१५४
डीआर कङ्गो
३,५१४,४८०
सिएरा लिओन
२३
३,४९३,३८६
बहराइन
७०
३,४५५,२१४
टोगो
१८
३,२९०,८२१
किर्गिजस्तान
२०
३,१५४,३४८
सोमालिया
१०
३,१४३,६३०
स्लोभिनिया
५९
२,९९६,४८४
बर्कीना फासो
२,९४७,६२५
एल्बेनिया
४३
२,९०६,१२६
जोर्जा
३२
२,९०२,०८५
ल्याट्भिया
७०
२,८९३,८६१
मरिटेनिया
२८
२,८७२,६७७
बोट्स्वाना
६३
२,७३०,६०७
लाइबेरिया
४१
२,७१६,३३०
मरिशस
७४
२,५५९,७८९
सेनेगल
२,५२३,८५६
माली
२,४०६,९८६
म्याडग्यास्कर
२,३६९,७७५
चाड
१२
२,३५६,१३८
मलावी
२,१६६,४०२
मोल्डोभा
२६
२,१६५,६००
आर्मीनीया
३३
२,१५०,११२
एस्टोनिया
६४
१,९९३,९४४
बोस्निया-हर्सगोभिना
२६
१,९२४,९५०
भुटान
८६
१,९१०,०७७
उत्तर म्यासडोनिआ
४०
१,८५०,१४५
क्यामरून
१,८३८,९०७
कोसोभो
४६
१,८३०,८०९
साईप्रस
७२
१,७८८,७६१
टिमोर-लेस्टे
५२
१,६३८,१५८
फिजी
७०
१,६०९,७४८
ट्रिनिडाड एन्ड टोबेगो
५१
१,५७४,५७४
जमैका
२४
१,४५९,३९४
मकाउ
८९
१,४४१,०६२
माल्टा
९१
१,३१७,६२८
लक्सम्बर्ग
७३
१,३०४,७७७
दक्षिण सुडान
१०
१,२२६,७७२
चाड
२२
१,२१७,३९९
ब्रुनाई
९७
१,१७३,११८
गुयाना
५८
१,०११,१५०
माल्दिभ्स
७१
९४५,०३६
लसूटू
३४
९३३,८२५
येमन
८६४,५४४
कङ्गो
१२
८३१,३१८
नमिबिया
१६
८२५,५१८
गाम्बिया
१४
८१२,८११
आइसल्यान्ड
७९
८०५,४६९
केप भर्ड
५५
७७३,८१०
मन्टिनिग्रो
४५
६७५,२८५
कमरोज
३४
६४२,३२०
पापुआ न्यूगिनी
६१५,१५६
गिनी-बिसाउ
१७
५७२,९५४
ग्याबोन
११
५६७,५७५
एस्वाटिनी
२९
५३५,३९३
सुरिनाम
४०
५०५,६९९
समोआ
९९
४९४,६८४
बलीज
५३
४८९,५०८
एक्वटोरीअल गिनी
१४
४८४,५५४
सोलमन द्वीप
२५
४६३,६३७
हेइटी
३४२,७२४
बहामस
४०
३४०,८६६
बार्बेडस
५३
३१६,२१२
भानुआटु
४०
३०९,४३३
टोङ्गा
९१
२४२,६३४
जर्जी
८०
२३६,०२६
जिबूटी
१६
२२२,३८७
सेशेल्ज
८२
२२१,५९७
साओ टमे एन्ड प्रिन्सिप
४४
२१८,८५०
आईअल अफ म्यान
७९
१८९,९९४
गर्न्जी
८१
१५७,१६१
एन्डोरा
६९
१५३,३८३
किरबाटी
५०
१४७,४९७
केमन द्वीप
९०
१४५,९०६
बर्म्युडा
७७
१३१,६१२
एन्टिगा एन्ड बार्बुडा
६३
१२६,१२२
सेन्ट लुशिया
२९
१२१,५१३
जिब्रोल्टर
१२३
११९,८५५
फेअरो द्वीप
८३
१०३,८९४
ग्रनेडा
३४
८९,१४७
ग्रीनल्यान्ड
६८
७९,७४५
सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनडीन्ज
२८
७१,५०१
लिख्टन्स्टाईन
६९
७०,७८०
टर्क्स एन्ड केकस आईलन्ड्स
७६
६९,८०३
स्यान मरिनो
६९
६९,३३८
डोमिनिका
४२
६६,९९२
मोनको
६५
६५,१४०
सेन्ट किट्स एन्ड नीभिस
४९
६०,४६७
ब्रिटिश भर्जिन आईलन्ड्स
५९
४१,१९८
कुक द्वीप
८४
३९,७८०
एङ्ग्विला
६७
२३,९२६
नाउरु
७९
२२,९७६
बुरुन्डी
०.१२
१७,१३९
टूभालू
५२
१२,५२८
सेन्ट हलिना
५८
७,८९२
मोन्टसेराट
३८
४,४२२
फोल्क्लन्ड द्वीप
५०
४,४०७
नीयूए
८८
४,१६१
टोकलाउ
७१
१,९३६
पिट्केअर्न द्वीप
१००
९४
उत्तर कोरिया
एरिट्रिया
दक्षिण जोर्जा र साउथ स्यान्ड्विच द्वीप
ब्रिटिश हिन्द महासागर क्षेत्र
भ्याटिकन

पूरै अन्तर्क्रियात्मक सामग्री हेर्न आफ्नो ब्राउजर अद्यावधिक गर्नुहोस्

क्यानडाले उसलाई चाहिनेभन्दा पाँचगुना धेरै खोप खरिद गरेको भनेर गत वर्ष आलोचना भएको थियो। तर उनीहरू खोप आपूर्तिको प्राथमिकता भने अझै नपरेको देखियो।

किनभने क्यानडाले युरोपेली मुलुकहरूका कारखानाबाट किन्न लगानी गर्‍यो। डोनल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले खोप निर्यातमा प्रतिबन्ध लगाउला भन्ने उसलाई लाग्यो।

तर परिस्थिति उल्टो भइदियो।

युरोपेली कारखानाहरू आपूर्ति गर्न सङ्घर्षरत रहेको भने अमेरिका होइन बरु ईयूले चाहिँ निर्यात प्रतिबन्धको कुरा उठाएको छ।

"युरोपेली बजारमा पर्याप्त आपूर्ति नभएसम्म क्यानडा पठाउने कुरा नहुने देखिन्छ," अगाथे डेमाराइसले भनिन्।

अनि अपेक्षाभन्दा राम्रो गरिरहेका देशहरू पनि छन्।

यो लेख तयार पारुन्जेल सर्बिया जनसङ्ख्याको अनुपातमा धेरै खोप लगाउनेमा आठौँ स्थानमा थियो - ईयूमा सबैभन्दा अगाडि।

सर्बियाको सफलता प्रभावकारी खोप अभियानका कारणमात्र होइन। उसले पूर्वी युरोपमा प्रभाव जमाउने चीन र रुसको कोसिसका कारण पनि लाभ पाएको छ। यहाँ रुसी स्पुतनिक-भी तथा चिनियाँ सिनोफार्म दुवै खोप उपलब्ध भइसकेको छ।

धेरै मानिसले चिनियाँ खोप पाएका छन्। चीनको खोप प्रभावकारी हुनसक्छ। भविष्यमा पनि अतिरिक्त अर्थात् बुस्टर डोज चाहिए ती मानिसले चिनियाँ खोप नै खोज्नेछन्।

यूएई पनि सिनोफार्म खोपमा धेरै निर्भर छ। त्यहाँ लगाइएका खोपको ८० प्रतिशत मात्रा त्यहीँ उत्पादन समेत गरिएको छ। यूएईले सिनोफार्मको उत्पादन पूर्वाधार तयार पारेको छ।

यसले चीनको प्रभाव बढ्नेछ र भविष्यमा चीनलाई कुनै विषयमा नाइँ भन्न कठिन हुने डेमाराइसको भनाइ छ।

तर विश्वमा खोपको महाशक्ति हुनु भनेको ती देशकै जनसङ्ख्या पहिले लाभान्वित भइहाल्छन् भन्ने पनि होइन।

ईआईयूको अनुसन्धानअनुसार चीन र भारतजस्ता खोप उत्पादनका अग्रणी मुलुकहरूमा पूर्ण खोप लगाउन सन् २०२२ को अन्त्यसम्म लाग्न सक्छ। दुवै देशमा धेरै जनसङ्ख्या छ र खोप लगाउने जनशक्तिको अभाव छ।

भारतको सफलताको पछाडि एकजना व्यक्तिको मुख्य भूमिका छ। अदार पुनावालाको कम्पनी सीरम इन्स्टिट्यूट अफ इन्डिया विश्वकै सबभन्दा ठूलो खोप निर्माता हो।

गत वर्षको मध्यमा उनको परिवारलाई चिन्ता पनि लागेको थियो किनभने उनले अप्रमाणित खोप निर्माणका निम्ति आफ्नो अर्बौँको लगानी गरेका थिए।

ज्यानुअरीमा अक्सफर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको खोपको पहिलो खेप भारत सरकारलाई दिइयो।

अहिले उनको कारखानाले दैनिक २४ लाख डोज खोप उत्पादन गरिरहेको छ।

उनको कम्पनीले ब्रजिल, मोरक्को, बाङ्ग्लादेश तथा दक्षिण अफ्रिकालाई पनि खोप आपूर्ति गरिरहेको छ।

"एक पटक खोप विकास भएपछि अलि सहज होला भन्ने ठानेको थिएँ," उनले भने, "तर खास चुनौती त सबैलाई खुसी पार्नु पो रहेछ।

"धेरै अरू उत्पादकहरू हुनेछन् जसले आपूर्ति गर्नेछन् भन्ने मलाई लागेको थियो। तर अहिले हेर्दा सन् २०२१ को दोस्रो चौमासिकभन्दा अगाडि उत्पादनमा उल्लेखनीय वृद्धि हुने छाँट छैन।"

उत्पादन रातारात बढाउन नसकिने उनले बताए।

उनले गत वर्षदेखि नै उत्पादनका निम्ति आवश्यक चाँजोपाँजो मिलाएकोले अहिले सहज भएको बताए।

अहिले कुनै कम्पनीले उत्पादन सुरु गरेमा त्यो सम्पन्न हुन महिनौँ लाग्न सक्छ। फेरि नयाँ प्रकारका कोरोनाभाइरससँग जुझ्न आवश्यक पर्न सक्ने बूस्टर डोज बनाउन पनि उस्तै समय लाग्छ।

पुनावालाका अनुसार उनी सबभन्दा पहिले भारत र त्यसपछि कोभ्याक्समार्फत् अफ्रिकामा आपूर्ति गर्न प्रतिबद्ध छन्।

कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा गठित सञ्जाल हो जसले सुलभ दरमा सबै देशलाई खोप दिने लक्ष्य राखेको छ।

किन्न नसक्ने देशलाई विशेष कोषमार्फत् निःशुल्क खोप दिइनेछ। कोभ्याक्सले फेब्रुअरीको अन्त्यदेखि आपूर्ति गर्न थाल्नेछ।

तर एकातिर कोभ्याक्स भए पनि देशहरूले आफूआफू नै विक्रीको पहल गरिरहेकाले जटिलता थपिएको छ।

अदार पुनावाला भन्छन् अफ्रिकाका लगभग सबै नेताहरूले उनलाई सम्पर्क गरेर छुट्टै खोप किन्ने इच्छा गरिरहेका छन्।

खोप लिँदै भारतीय महिला

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कोभ्याक्सले देशहरूलाई उसको खोप कोषमा सहयोग गर्न भनिरहेको छ

पुनावालाले कोभ्याक्सलाई अक्सफर्ड-आस्ट्राजेनेका खोपको २० करोड मात्रा छिट्टै दिँदैछ। थप ९० करोड डोजको वाचा पनि उनले गरेका छन्। तर समयसीमा प्रष्ट छैन।

उक्त सञ्जालप्रति आफ्नो प्रतिबद्धता जनाएपनि पुनावाला ठान्छन् कोभ्याक्सले धेरैथरी खोप उत्पादकसँग जोडिएका कारण धेरैथरी बन्दोबस्तीका चुनौती सामना गर्नुपर्नेछ।

अगाथे डेमाराइस तथा ईआईयू पनि कोभ्याक्सलाई लिएर अत्यन्त उत्साहित छैनन्। सबैकुरा योजनानुसार नै भए पनि कोभ्याक्समार्फत् विश्वका २०-२७% जनसङ्ख्यालाई मात्र यो वर्ष खोप दिलाइनेछ।

"यसले एकदमै धेरै परिवर्तन ल्याउन सक्ने छैन," डेमाराइसले भनिन्।

आफ्नो प्रक्षेपणमा ईआईयूले कतिपय देशहरूमा खोप वितरण पूर्ण हुन सन् २०२३ सम्म लाग्ने देखिएको छ। सबै देशका निम्ति खोप वितरण उच्च प्राथमिकता नहुन पनि सक्छ खासगरी युवा जनसङ्ख्या र थोरैमात्र गम्भीर बिरामी भेटिएका देशहरूमा।

त्यसो भयो भने के हुन्छ भने भाइरस सङ्क्रमणमा रहिरहेमा कतै न कतै त्यसले गम्भीर उत्परिवर्तन गर्न सक्छ जसले खोपलाई प्रभावहीन पार्न सक्छ।

तर सबैकुरा खराब भने छैन। खोपहरू अभूतपूर्व रूपमा तीव्र गतिमा निर्माण भइरहेका छन्। तर साढे सात अर्ब मानिसलाई खोप लगाउनु चानचुने कुरा होइन। अनि पहिले यस्तो कहिल्यै गरिएको पनि थिएन।

(डेटा जर्नलिजमको काम बेकी डेल र नासोस स्टीलियानू)