तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन कोभिडः कोरोना भाइरसको डेल्टा भेरिअन्ट फैलिन थालेपछि चीनमा बढ्दो चिन्ता
चीनका थप स्थानमा कोरोनाभाइरसको नयाँ प्रकोप फैलिएको देखिएपछि उक्त भाइरसको अतिसङ्क्रामक मानिने "डेल्टा भेरिअन्ट" को जोखिमलाई लिएर स्थानीय सञ्चारमाध्यममा चिन्ता बढ्दो छ।
पछिल्लो तथ्याङ्कअनुसार गत दश दिनको अवधिमा ३०० भन्दा बढी सङ्क्रमित थपिएका छन्।
नयाँ प्रकोपसम्बन्धी समाचारले सञ्चारमाध्यमहरूमा प्राथमिकता पाएका छन् र श्वासप्रश्वास रोगसम्बन्धी चीनका वरिष्ठ विज्ञले गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ।
सरकारले यात्रासम्बन्धी नयाँ प्रतिबन्धहरू लागु गरेको छ र लाखौँको सङ्ख्यामा परीक्षण गरिरहेको छ।
नियन्त्रणका लागि सङ्घर्ष
स्वास्थ्य अधिकारीहरूले वुहान शहरमा डेल्टा भेरिअन्टका सातजना बिरामी देखिएको बताएका छन्।
कोरोनाभाइरसको विश्वव्यापी महामारी वुहानबाटै शुरू भएको ठानिन्छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार १ करोड १० लाख जनसङ्ख्या भएको उक्त शहरमा सन् २०२० को जून महिनायता मानिसहरूबीच स्थानीय रूपमा पहिलो पटक सङ्क्रमण देखिएको हो।
चीन भाइरसको डेल्टा भेरिअन्टको बढ्दो प्रकोप नियन्त्रणका लागि अहिले सङ्घर्षरत छ।
दक्षिणी नान्जिङ क्षेत्रबाट शुरू भएर उक्त सङ्क्रमण अहिले देशभरि कम्तीमा १५ वटा प्रान्त र २० वटा नगरपालिकामा फैलिसकेको बताइएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
अरू ठाउँका तुलनामा सङ्क्रमित हुने मानिसको सङ्ख्या कम भए पनि चीनमा केही महिनायताकै ठूलो प्रकोप भएको ठानिएको छ।
नान्जिङ विमानस्थलमा अघिल्लो महिना पहिलो पटक नयाँ सङ्क्रमित देखिएका थिए।
सङ्क्रमित हुनेमध्ये केही कामदार थिए जसले रुसबाट आएको एउटा हवाईजहाजको सरसफाइ गरेका थिए।
त्यसपछि अधिकारीहरूले लाखौँको सङ्ख्यामा परीक्षण गर्न थालेका र लकडाउन लगाएका हुन्।
सङ्क्रमण देखिन थालेका सबै स्थानसँग बेइजिङको हवाई तथा स्थल सम्पर्कहरू विच्छेद गरिएको छ।
सबै पर्यटकलाई राजधानी प्रवेश गर्नमा प्रतिबन्ध लगाइएको छ र अत्यावश्क परेका व्यक्तिहरूलाई परीक्षणको नेगेटिभ रिपोर्ट हेरेर छिर्न दिने गरिएको छ।