टोक्यो ओलिम्पिक्स: सिपीले खेलस्थल विथोल्न सक्ने चिन्तामा जापानी अधिकारीहरू

जापानकी खेलाडी

तस्बिर स्रोत, Getty Images

    • Author, पिटर बल
    • Role, बीबीसी वर्ल्ड सर्भीस

टोक्योमा अधिकारीहरू एउटा प्रमुख ओलिम्पिक खेलस्थलमा एउटा समुद्री जीवका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्याबाट महत्त्वपूर्ण जलक्रीडाहरू प्रभावित होला कि भन्ने पिरलोमा छन्।

सबै पूर्वाधार समयभन्दा अघि नै तयार भएका थिए। तर अनपेक्षित समस्याका कारण उनीहरूले १२ लाख ८० हजार डलर आपत्कालीन पुनर्निर्माणमा खर्च गर्नुपर्‍यो।

त्यसअघि उनीहरूले सिपीका कारण समस्या उत्पन्न होला भनेर सोचेका पनि थिएनन्।

अप्रत्याशित

टोक्यो ओलिम्पिक

तस्बिर स्रोत, Getty Images

पहिला टोक्यो बेको सी फरेस्ट वाटरवेको सतहमुनि सिपीका कारण समस्या देखा पर्‍यो।

उक्त स्थानमा क्यानोइङ एन्ड रोइङ खेल आयोजना हुन लागेको छ।

अन्तर्राष्ट्रिय नियमानुसार पानी छचल्किएर प्रतियोगीलाई प्रभावित नपारोस् भन्ने उद्देश्यले विशेष उपकरणहरूको व्यवस्था गरिएको थियो।

तर आश्चर्यजनक रूपमा ती तैरिने सामग्रीहरू डुब्न थाले र तीमध्ये दुईतिहाइ पानीमुनि गए।

अलमलमा परेको सरकारले त्यसबारे अनुसन्धान गर्‍यो र त्यसको कारक सिपी भएको पत्ता लगायो।

ती जीवहरू ठूलो सङ्ख्यामा उक्त उपकरणमा टाँसिएका थिए। तिनैले ती उपकरणलाई पानीका छालमुनि पुर्‍याइदिएका थिए।

जापान

तस्बिर स्रोत, Handout/Tokyo metropolitan government

तस्बिरको क्याप्शन, पानीबाट निकालेर ठूलो परिमाणमा उपकरणहरू सफा गर्नु परेको थियो

खेर गयो स्वादिष्ट सिपी

उक्त समस्याको समाधान चुनौतीपूर्ण बन्यो।

लगभग साढे पाँच किलोमिटर लम्बाइको उपकरणलाई या त जमिनको तटीय क्षेत्रमा ल्याउनुपर्‍यो या मर्मत गर्नुपर्‍यो।

गोताखोरहरूले पानीभित्र गएर पनि उपकरण सफा गरेका थिए।

उनीहरूले कुल १४ टन सिपी हटाए।

त्यहाँ साह्रो खोल भएका सामान्य सिपी थिएनन्। बरु जापानमा हिउँद याममा ज्यादै लोकप्रिय मानिने संवेदनशील खालका र स्वादिष्ट मागाकी ओएस्टर भएको अधिकारीहरूले पत्ता लगाए।

तर त्यति ठूलो परिमाणमा सङ्कलन गरिएको सिपीबाट कोही पनि लाभान्वित हुन सकेनन्।

सरकारी टोलीका एक सदस्यले जापानी अखबार आशाही शिम्बुनलाई भने, "हामीले तिनलाई खानेबारे विचार गरेनौँ। किनभने त्यसका लागि सुरक्षा जाँच पार गर्नुपर्थ्यो।"

संसारभरि मूल्य भिन्न भए पनि ती सिपी बेचेर दशौँ हजार डलर आम्दानी गर्न सकिन्थ्यो।

लामो कथा

‌ओएस्टर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जापानमा सिपी लोकप्रिय छ

टोक्योमा समुद्री खानेकुरा नौलो होइन।

उक्त महानगर पहिला माछा मार्ने मानिसहरू बस्ने एउटा सानो गाउँ थियो।

बीसौँ शताब्दीमा टोक्योमा उद्योगहरू मौलाएपछि तथा जनसङ्ख्या वृद्धि भएपछि मात्रै समुद्री खाद्यपर्दार्थको प्रमुख उत्पादकको उसको भूमिका दुर्बल भएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के ओलिम्पिक्समा खेल हेर्न मानिसको साटो रोबट जालान्

तर हालैका वर्षमा समुद्री क्षेत्रमा ठूला परिवर्तन देखा परेका छन्।

ठूलो परिमाणमा समुद्रबाट भूमि प्रयोग गरिएको छ तथा र उद्योग र बन्दरगाहसम्बन्धी संरचनाहरू निर्माण गरी भत्काइएका छन्।

अधिकारीहरूले यति ठूलो परिमाणमा सिपी देखा पर्लान् भन्ने अपेक्षा गरेका थिएनन्।

टोक्योको सामुद्रिक इतिहास सम्झाउन सी फरिस्ट वाटरवेमा देशको एकमात्रै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्यानोइङ एन्ड रोइङ स्थल हो।

उक्त खेल स्थललाई यथावस्थामा राख्न प्रत्येक वर्ष झन्डै १५ लाख बजेट छुट्याइने गरेको छ।

त्यही भएर अधिकारीहरूले सिपीले निम्त्याएको महँगो समस्याको दीर्घकालीन समाधान खोजिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्योमा यति साँघुरा घरमा पनि रमाउँछन् युवा