तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राष्ट्रिय सभा उपनिर्वाचन: नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा पराजित, खिमलाल देवकोटा विजयी
बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा खिमलाल देवकोटाले मतभार ५,०८८ प्राप्त गरेर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर थापा 'बादल'ले ४,०१४ मतभार प्राप्त गरेका थिए।
प्रमुख निर्वाचन अधिकृत बनेका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचन परिणामको घोषणा गर्दै उक्त जानकारी दिएका हुन्।
नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेपछि रामबहादुर थापालाई माओवादी केन्द्रले गरेको कारबाहीका कारण उनले सांसद पद गुमाउन पुगेका थिए।
सोही पदका लागि पुनः निर्वाचन हुँदा नेकपा एमालेका तर्फबाट थापा उम्मेदवार बनेका थिए।
निर्वाचन आयुक्तका अनुसार खिमलाल देवकोटाको चुनाव चिह्न कलम थियो। उनले मतभार ५०८८ प्राप्त गरेका थिए।
त्यसैगरी नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलको चिह्न सूर्य थियो, उनले मतभार ४०१४ प्राप्त गरेका थिए।
नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको चुनाव चिह्न मादल थियो। उनले जम्मा मतभार १३२ प्राप्त गरे।
मत
निर्वाचनमा ९७ प्रतिशत अर्थात् ३ सय ३८ मत खसेको जनाइएको छ ।
प्रदेश र स्थानीय तहले मतदान गर्ने उक्त निर्वाचनमा प्रदेश तर्फ १ सय ५ र स्थानीय तह तर्फ २ सय ३८ मत रहेकोमा प्रदेश तर्फ ४ र स्थानीय तह तर्फ ५ जना मतदानमा सहभागी नभएको बताइएको छ।
त्यसैगरी प्रदेश तर्फबाट ३ जना विवेकशील साझा पार्टी र १ जना नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि मतदानमा सहभागी भएनन्।
स्थानीय तह बाट ३ जना नेपाली कांग्रेस १ नेकपा एमाले र १ जना नेपाल मजदुर किसान पार्टीबाट मतदानमा उपस्थित नभएको आयोगले जनाएको छ।
उक्त निर्वाचनमा नेकपा एमालेका खिमलाल देवकोटाले स्थानीय तह तर्फ १ सय २८ मत प्राप्त गरेका छन् भने प्रदेश तर्फ ५८ मत प्राप्त गरेका छन्।
उन प्रतिद्वन्द्वी नेकपा एमालेका राम बहादुर थापा बादलले स्थानीय तर्फ १ सय ३ र प्रदेश तर्फ बाट ४५ मत प्राप्त गरेका थिए।
राष्ट्रिय सभाको कुनै पद रिक्त भएको ३५ दिन भित्र निर्वाचन गरी पदपूर्ति गर्ने प्रावधान रहेको छ।