मङ्गल ग्रह: नासाको पर्सिभिअरन्स रोभरले पठाएका मनमोहक तस्बिरहरू

नासाको पर्सिभिअरन्स रोभर पृथ्वीबाट सात महिना यात्रा गरेर मङ्गल ग्रहमा १८ फेब्रुअरीका दिन जीएमटी २०:५५ मा अवतरण गरेको थियो।

त्यसयता अवतरण गरेको स्थान जेजेरो क्रेटरबाट उक्त रोभरले कैयौँ अद्‌भुत तस्बिरहरू पठाएको छ।

विगतमा मङ्गल ग्रहमा रहेको ठानिएको सूक्ष्मजीवाणुको जीवाशेष खोजी गर्ने क्रममा पर्सिभिअरन्सले पठाएका तस्बिरबाट छानिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ जसले मङ्गल ग्रहको भूगर्भ, पूर्वमौसम र मङ्गल ग्रहको चट्टान देखाउँछन्।

पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहमा एक मङ्गल वर्ष अर्थात् दुई पृथ्वी वर्ष काम गर्नका लागि बजेट उपलब्ध छ।