तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इथियोपिया टीग्रे द्वन्द्व: 'सैनिकले बलात्कार गर्न खोज्दा मैले एउटा हात गुमाएँ'
चेतावनी : केही पाठकलाई यो समाचारमा उल्लिखित विवरणले विचलित बनाउन सक्छ
इथियोपियामा विद्यालय पढ्ने एक युवतीले कसरीले एक सैनिकले बलात्कार गर्न खोज्दा गर्दा जोगिने प्रयास गरेको तर आफूले एउटा दाहिने हात गुमाउनुपर्यो भन्ने विवरण बीबीसीलाई बताएकी छन्।
ती सैनिकले ती छात्राका हजुरबुवालाई पनि उनीसँग बलपूर्वक यौन सम्बन्ध राख्न दबाव दिएको विस्मयकार घटना पनि सुनाएकी छन्।
हामीले १८ वर्षीया ती युवतीको नाम गोप्य राखेका छौँ। उनी विगत दुई महिनाभन्दा लामो समयदेखि इथियोपियाको टीग्रे क्षेत्रमा एउटा अस्पतालमा छिन्।
टीग्रे क्षेत्रमा सङ्घीय सरकार र प्रदेश सरकारबीचको द्वन्द्वले उनी र उनका सहपाठीहरूको सपना चकनाचुर पारिदिएको छ। गत नोभेम्बर महिनामा प्रधानमन्त्री आबी अहमदले प्रादेशिक सैन्य केन्द्रहरू कब्जामा लिएको भन्दै टीपीएलएफ पार्टीविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए।
नोबेल शान्ति पुरस्कार पाइसकेका अहमदले नेतृत्व गरेको सरकारले पछिल्लो द्वन्द्वमा जित हात पारेको घोषणा गरेको भए पनि अधिकांश सर्वसाधारण नागरिकहरू परिवारसहित भागेर पहाडी क्षेत्रतिर गएका छन्।
आत्मसमर्पण गर्न अस्वीकार गरेका टीपीएलएफका सदस्यहरूलाई सुरक्षा निकायहरूले खोज्न सुरु गरेका कारण डराएका सर्वसाधारणहरू अन्यत्रै भागेका छन्। त्यस क्रममा सरकारले मानव अधिकारको उल्लङ्घन गरेको आरोप पनि लागेको छ।
तर सरकारले त्यस्ता आरोपको खण्डन गर्दै आएको छ।
ती युवती र उनका हजुरबुवा मिकेल सहरबाट करिब ९६ किलोमिटर पश्चिमतर्फ रहेको आदिस आबाबास्थित आफ्नो घरमा बस्थे। उनीहरूलाई लामो यात्रा गर्न सहज थिएन।
डिसेम्बर ३ तारिखमा इथियोपियाको सेनाको पोसाक लगाएका ती सिपाही टीग्रेका लडाकुहरू कहाँ छन् भन्ने सोधखोज गर्न आफ्नो घरमा पसेको ती युवतीले बताइन्।
घरमा खोजी गर्दा कोही पनि नभेटिएपछि ती सिपाहीले उनीहरू दुई जनालाई खाटमा पल्टन भने र उनीहरूको छेउमा अन्धाधुन्ध गोली प्रहार गर्न थाले।
"त्यसपछि उसले हजुरबुवालाई मसँग यौन सम्बन्ध राख्न आदेश दियो। हजुरबुवा यो कुराबाट क्रुद्ध हुनुभयो … र दुई जनाबीच झगडा भयो," उनले भनिन्।
ती सैनिकले आफ्ना हजुरबुवालाई घरबाहिर लगेर काँध अनि तिघ्रामा गोली हानेको र उनको हत्या गरिदिएँ भन्दै पुनः घरमा आएको उनले बीबीसीलाई बताइन्।
"उसले भन्यो: 'अब तँलाई कसैले पनि रक्षा गर्न सक्दैन, कपडा खोल।' मैले त्यसो नगर्न पटकपटक भनेँ, तर उसले मलाई मुक्का हान्यो।"
उनका अनुसार उनीहरूबीच केही मिनेटसम्म सङ्घर्ष चल्यो र रिसाएका ती सैनिकले अन्त्यमा युवतीलाई लक्षित गर्दै बन्दुक ताके।
"मेरो दाहिने हातमा उसले तीन गोली हान्यो। मेरो खुट्टामा पनि तीन पटक गोली हान्यो। बाहिर बन्दुक चलेको आवाज सुनेपछि ऊ त्यहाँबाट निस्कियो।"
गोली लागेपछि अचेत भएका उनका हजुरबुवा जिउँदै थिए। उनीहरू दुई दिनसम्म घरमै बसे। कसैसँग सहयोग माग्न पनि उनीहरू डराएका थिए।
'न्याय भएन'
ती युवतीको बयानले संयुक्त राष्ट्रसङ्घकी एक अधिकारीले टीग्रे क्षेत्रमा भएका बलात्कारका घटनाबारे राखेको चासोलाई बल दिएको छ।
उनले "डर देखाएर आफ्नै परिवारका सदस्यहरूलाई बलात्कारका लागि दबाव दिइएको डरलाग्दा विवरण प्राप्त गरेको" बताएकी छन्।
टीग्रेका तीनवटा विपक्षी दलले गैरकानुनी हत्या र सामूहिक बलात्कार "दिनहुँजसो भइरहेको" बताएका छन्।
बन्दुक ताकेर एक पितालाई आफ्नै छोरीको बलात्कार गर्न लगाइएको घटना पनि भएको विवरण प्राप्त भएको छ।
आफ्नो परिचय खुलाउन नचाहेका एक चिकित्सक र महिला हितको क्षेत्रमा कार्यरत एक सदस्य दुवैले आफूहरूले १८ वर्षभन्दा मुनिका कम्तीमा २०० युवतीलाई विभिन्न अस्पतालमा भर्ना गराएको र ती युवतीहरूले आफूमाथि बलात्कार गरिएको बताएको ज्यानुअरीमा बीबीसीलाई बताएका थिए।
अधिकांश युवतीका अनुसार त्यस्तो गर्ने व्यक्तिले सेनाको पोसाक लगाएका थिए र पछि चिकित्सकीय सहायता नलिन धम्की दिएका थिए।
इथियोपियाको सेनाका प्रमुखले सेनामाथि लगाइएका आरोपहरूको खण्डन गरेका छन्।
"हाम्रा सैनिकहरूले बलात्कार गर्दैनन्, उनीहरू डाँका होइनन्। उनीहरू सरकारी सैनिक हुन् अनि सरकारी फौजको नीति अनि सहभागिताका आफ्नै नियम हुन्छन्," उनले बीबीसीसँग भने।
'म इन्जिनियर बन्न चाहन्थेँ'
आदिस आबाबाकी युवतीको गोली लागेको हात शल्यक्रिया गरेर विच्छेदन गरिदिएपछि उनको उपचारमा संलग्न चिकित्सकले बीबीसीसँग सम्पर्क गरेका थिए।
उनले ती युवती र उनका हजुरबुवालाई एरिट्रियाका सेनाले गस्ती गरिरहेका बेला कसरी फेला पार्यो भन्ने विवरण सुनाए। इथियोपिया र एरिट्रिया दुवैले भने टीग्रे क्षेत्रको द्वन्द्वमा एरिट्रियाको सहभागिता नरहेको बताउँदै आएका छन्।
उनीहरूका अनुसार एरिट्रियाका सेनाले उनीहरूलाई इथियोपियाको सेनालाई जिम्मा लगाएका थिए। त्यसपछि उनीहरूलाई मिकेलस्थित एक अस्पतालमा पुगे।
उनका हजुरबुवा निको भइसकेका छन्। तर ती युवतीको भने हात काटिएका कारण अझै उपचार भइरहेको छ। उनको दाहिने खुट्टा पनि प्लास्टर गरिएको अवस्थामा छ।
आफ्नो सपना अपूरो भएको भन्दै उनले अस्पतालको शय्याबाटै बीबीसीसँग कुरा गरिन्।
उनी विद्यालय शिक्षाको उनी अन्तिम वर्षमा थिइन्। उनी विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न चाहन्थिन्। अनि आमाको मृत्युपश्चात् आफ्नो हेरचाह गरेका हजुरबुवाको स्याहार गर्न सक्षम बन्न चाहन्थिन्।
उनकै शय्याको छेउमा रहेका हजुरबुवाले रुँदै भने, "यो अब कसरी सम्भव होला? मैले जे हुन्छ भन्ने सोचेको थिएँ, त्यो अब हुन सक्दैन।"