तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रचण्डतर्फ लागेपछि गजुरेलको भनाइ ‘खुमलटारको प्रचारमा वालुवाटारकाले हो भने’
नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफ्नो पार्टी फुटेपछि आफूले प्रचण्ड-माधवकुमार नेपाल समूहको बैठकमा सहभागी भएको बताएका छन्।
यसअघि पूर्व माओवादीका उनी दुवै समूहले सोमवार आयोजना गरेको बैठकमा गएका थिएनन्।
उनले भने, "एकताको यत्रो प्रयास गरियो, प्रयास सफल हुन सकेन, हामी चिन्तित छौँ,साङ्केतिक रूपमा नगएको हो, त्यो भनेको पार्टी फुटको विरोध गरेको हो।"
तर दुवै पक्षले केन्द्रीय कमिटीको बैठक अलग-अलग आयोजना गरेपछि पार्टी औपचारिक रूपमा फुटेको उनको भनाइ छ।
'खुमलटारको प्रचारमा वालुवाटारको सही'
गजुरेल भन्छन्, "दुईवटा बैठक आयोजना गरिएपछि त पार्टी फुट्यो, फुटिसकेपछि के गर्ने?"
उनले पटक-पटक ओलीसँग छलफल गरेको बीबीसीलाई बताएका थिए। तर ती छलफल दुई अध्यक्षबीचको कटुता अन्त्य गर्ने विषयमा केन्द्रित भएको उनको भनाइ थियो।
तर उनी केपी शर्मा ओलीतर्फ लागेको भन्ने समाचारहरू आएका थिए।
दुवैतर्फबाट त्यस्तो प्रचारबाजी भएको र त्यसैकारण जनतामा भ्रम पैदा भएको गजुरेलको गुनासो छ।
उनले भने, "खुमलटार (प्रचण्डको निवास) काले हरिबोल मन्त्रीका लागि ओलीतिर गयो भनेर प्रचार गरे, वालुवाटार (प्रचण्डको निवास) काले हरिबोलजी आउनु भयो भनेर प्रचार गरे, म कतै गएको पनि थिइनँ, आएको पनि थिइनँ। म त एकताको प्रयासमा थिएँ।"
पूर्व माओवादीका अन्य नेताहरू टोपबहादुर रायमाझी र लेखराज भट्ट ओलीपक्षको बैठकमा सहभागी भएका छन्।