कोरोना भाइरस नेपाल: गत २४ घण्टामा १,६६९ सङ्क्रमित, १६ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा १,६६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा २१,२८४ जनामा सक्रिय सङ्क्रमण छ।

तर पर्याप्त सङ्ख्यामा परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुनसक्ने उनीहरूको भनाइ छ।

हालसम्म सङ्क्रमणमुक्त भएकाहरू झण्डै दुई लाख पुगेका छन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।

केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिने क्रम जारी छ। यसप्रति जनस्वास्थ्यविद्‌हरूले चिन्ता व्यक्त गरेका छन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार परीक्षण गर्दा नेगेटिभ वा पोजिटिभ रिपोर्टमात्रै दिने गरिएको पाइएकोमा अब आइन्दा इनकन्क्लुसिभ रिपोर्ट आयोग भने पनि उक्त रिपोर्टलाई पोजिटिभ नै मान्ने भन्ने प्रयोगशालालाई निर्देशन दिएको छ।