कोभिड-१९ खोप: कोरोना भाइरस रोक्ने खोपलाई अनुमति दिन फाइजरद्वारा अमेरिकी निकायमा आवेदन

खोपको परीक्षणका क्रममा मे महिनामा बाल्टिमोरमा खोप लगाउन तयार एक सहभागी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खोपको परीक्षणका क्रममा मे महिनामा बाल्टिमोरमा खोप लगाउन तयार एक सहभागी

फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड-१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा शुक्रवार आवेदन दिएका छन्।

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ।

उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन। यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ।

अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ। यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ।

त्यसमध्ये यो वर्षको अन्त्यसम्म उसलाई एक करोडवटा खोप उपलब्ध भइसक्नुपर्नेछ।

अमेरिकामा खोपको कति आवश्यकता छ भन्ने कुरा कोरोनाभाइरसका कारण बिहीवार ठूलो सङ्ख्यामा भएको मृत्युले देखाउँछ।

जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा २,००० भन्दा बढीको मृत्यु भएको थियो।

कहिलेसम्म खोप उपलब्ध होला?

यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक "केही घण्टाभित्रै खोप वितरण गर्न तयार" भएको उनीहरूले बताएका छन्।

विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवंशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ।

सामान्यता अमेरिकामा कुनै नयाँ खोप स्वीकृतिका लागि औसत समय आठ वर्ष रहँदै आएको छ।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन "विश्वलाई कोभिड-१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा" भएको टिप्पणी गरे।

सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन(सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ।

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले पनि खोप यो वर्षको अन्त्यसम्म उपलब्ध हुन सक्ने बताएकी छन्।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनमा कार्यरत प्राध्यापक स्टीफन इभान्सले एफडीए र युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले "एकदमै सावधानीपूर्वक मूल्याङ्कन गर्ने" बताए।

बीबीसीकी स्वास्थ्य संवाददाता नाओमी ग्रीम्लीका अनुसार यो खोपको व्यापक प्रयोगका लागि अझै धेरै कुर्नुपर्नेछ।

उनी भन्छिन्, "किनभने यसलाई अवलम्बन गर्न पहिला कहिल्यै स्वीकृति नपाएको प्रयोगात्मक प्रविधि चाहिन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?

यो खोप कति प्रभावकारी छ?

यसै साता सार्वजनिक भएको विवरणहरूले फाइजर र बायोएनटेक खोपको प्रभावकारिता ९५% रहेको दाबी गरेका छन्।

यसको प्रभावकारिता सबै उमेरसमूहमा एकरूपता रहेको छ - परीक्षणमा जोखिममा रहेका वयस्क र जातजाति र फरक लिङ्गलाई बढी महत्त्व दिइएको थियो।

परीक्षणका क्रममा खोप दिइएका मानिसमा सामान्यदेखि मध्य र छोटो समयका लागि अन्य प्रभाव पनि देखा परेका थिए।

मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।

खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टिबडी र टी-सेलहरू आफैँ बनाउँछ।

ग्राफिक

यो सातामात्रै अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २,५०,००० नाघ्यो जुन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै सङ्ख्या हो।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वव्यापी महामारी सुरु भएयता त्यहाँ पुष्टि भएको

विगतका सातामा सङ्क्रमित पुष्टि हुने र मृत्यु हुने सङ्ख्या पनि अमेरिकामा बढ्दै गएको छ।

क्यालिफोर्निया राज्यस्थित एक अस्पतालमा एक नर्स र बिरामी।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, क्यालिफोर्निया राज्यस्थित एक अस्पतालमा एक नर्स र बिरामी।

अरू खोपको स्थिति के छ?

अमेरिकी कम्पनी मोर्डनाको तथ्याङ्कअनुसार उसले बनाएको खोपले पनि ९५ प्रतिशत सुरक्षा दिन्छ।

यसले पनि एमआरएनए विधि नै अपनाएको हो।

खोप विकास गर्नेमा यो पनि फाइजर/बायोएनटेक खोपभन्दा त्यति धेरै पछाडि नरहेको ठानिएको छ।

अक्स्फर्ड यूनिभर्सिटी/एस्ट्राजेनेका खोप पनि परीक्षणकै क्रममा छ र यसले राम्रा परिणामहरू देखाएका छन्।

यूकेले आफूले उक्त खोपको एक करोड मात्रा लिने बताइसकेको छ।

रुसमा बनाइएको अर्को खोपको परीक्षण पनि उत्साहवर्धक देखिएको छ।

यसले अक्स्फर्ड खोपले जस्तै काम गर्छ। चीन र रुसमा अरू खोपहरू पनि परीक्षणको अन्तिम चरण छन्।

A line