तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का
सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्याएको छ।
स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन्।
मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन्।
अहिलेसम्म चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन्।
अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।
टर्कीमा भूकम्प गइरहन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।