तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा बुद्धको भीमकाय मूर्तिको पाउसम्म बाढी
सन् १९४० को दशकपछि आएको सबैभन्दा ठूलो बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा भीमकाय मूर्तिको पैतलासम्म पुगेको छ।
उक्त मूर्ति ७१ मिटर अग्लो छ। सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्ति यूनेस्को सम्पदा सूचीमा समाविष्ट छ।
नदीमा पानीको सतह प्रायः मूर्तिभन्दा धेरै तल हुन्छ। तर अहिले उक्त क्षेत्रमा ७० वर्षकै सबैभन्दा नराम्रो बाढी आएको छ।
उक्त क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
बुद्धको मूर्ति पर्यटकीय आकर्षण बनेको छ। याङ्त्सी नदी र थ्री गोर्जेजमा उक्त क्षेत्र हुँदै डुङ्गायात्रा गराइन्छ।
सरकारी सञ्चारमाध्यमले नदीमा पानीको सतह बढेपछि दर्जनौँ पर्यटकहरूलाई उद्धार गरिएको बताएका छन्।
सिन्ह्वा समाचारसंस्थाका अनुसार बुद्धको पाउमा पानी पुग्दा चङ्दु डुबानमा पर्ने स्थानीय मान्यता छ।
सच्वान प्रान्तमा केही हप्तादेखि ठूलो वर्षा भइरहेको छ। तत्काल वर्षा रोकिने सम्भावना नभएको बताइन्छ।
विभिन्न नदीका तटमा बाढी र पहिरोको चेतावनी दिने प्रणाली सक्रिय बनाइएको छ।
याङ्त्सी नदीबाट जलविद्युत् निकाल्न बनाइएको थ्री गोर्जेज ड्यामबाट ठूलो परिमाणमा पानी आउन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
त्यसबाट चुन्चिङसहित विभिन्न स्थान डुबानमा पर्न सक्ने बताइएको छ।
सबै तस्बिरहरूको सर्वाधिक सुरक्षित छ।