कोरोना भाइरस नेपालः थप आठ जनाको मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाघ्यो

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, EPA

नेपालमा कोनाभाइरसका कारण थप आठ जनाको मृत्यु भएको र ४८४ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। यससँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ।

सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २४,४३२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ।

उनले अहिलेसम्म १६,७२८ सङ्क्रमित निको भइसकेको बताए।

कोरोनाभाइरस
Presentational white space

विगत २४ घण्टामा ६४ जना कोभिड-१९ मुक्त प्रमाणित भएका थिए।

को हुन् मृतक?

मृतकहरूमध्ये धनुषा जिल्लाका दुई जना र काठमाण्डू, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एक जना छन्।

ती मध्ये दुई महिला र छ पुरुष छन्। उनीहरू ३२ देखि ७८ वर्षका थिए।

कोभिड-१९ सँग सम्बन्धित मृत्यु. अहिलेसम्म ९१ जनाको ज्यान गएको पुष्टि. साउन २८ गते अपराह्णसम्मको विवरण.
Presentational white space

विगत सात दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मन्त्रालयले सोमवार ३३८ जना र मङ्गलवार ६३८ जनामा सङ्क्रमण भएको र चार-चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६७१ जना, असार १० गते ६२९ जना र असार १९ गते ७४० जना सङ्क्रमित फेला परेका थिए।

को हुन् सङ्क्रमित?

विगत २४ घण्टामा १०,४८१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले सङ्क्रमण पुष्टि भएका मानिसहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लाका १३८ जना छन्।

कुन प्रदेशमा कति सक्रिय सङ्क्रमित छन् र कति जना निको भए?. साउन २८ अपराह्णसम्मको विवरण. .
Presentational white space

काठमाण्डूमा १०९, ललितपुरमा २१ र भक्तपुरमा आठ सङ्क्रमित थपिएका हुन्।

यसअघि नै काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १,००० नाघेको थियो। यो वृद्धिसँगै काठमाण्डू जिल्लामा १,०४०, ललितपुरमा १४४ र भक्तपुरमा ७३ जना आइसोलेशनमा छन्।

त्यसैगरी मोरङका ४८ जना, महोत्तरीका ४४ जना र धनुषाका ३९ जनामा पनि कोभिड-१९ पुष्टि भएको छ।

कहाँ छन् ५०० भन्दा बढी सक्रिय सङ्क्रमित?. नेपालमा कोरोनाभाइरस सङ्क्रमण. साउन २८ गते अपराह्णसम्मको विवरण.
Presentational white space

पर्सा, रौतहट र महोत्तरी जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित आइसोलेशनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

अहिले रौतहटमा २४, सुर्खेतमा १८, मकवानपुरमा १६, सुनसरी, चितवन र बारामा १५-१५, कास्कीमा १३ तथा झापा र सिराहामा १०-१० सङ्क्रमित फेला परेका हुन्।

अरू सङ्क्रमित इलाम, ताप्लेजुङ, रामेछाप, खोटाङ, ओखलढुङ्गा, पर्सा, सर्लाही, सप्तरी, धादिङ, नुवाकोट, काभ्रे, तनहुँ, दोलखा, स्याङ्जा, अर्घाखाँची, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दार्चुला, दैलेख, डोटी र बैतडी जिल्लाका हुन्।

देशभरि १४,८४८ जना क्वारन्टीनमा भएको मन्त्रालयले जनाएको छ।

क्वारन्टीनमा कति मानिस छन्?. प्रदेशगत विवरण. साउन २८ गते अपराह्णसम्मको विवरण.
Presentational white space

सङ्क्रमितहरूलाई कहाँ राखिएको छ?

मन्त्रालयका अनुसार अहिले देशभरि ३५३ सङ्क्रमित घरमै आइसोलेशनमा बसेका छन्। अरूलाई अस्पतालमा चिकित्सकीय निगरानीमा राखिएको छ।

गम्भीर लक्षण देखिएका ८९ जना सघन उपचार कक्षमा छन्।

तीमध्ये प्रदेश नं २ का अस्पतालमा ४३ जना र वाग्मती प्रदेशमा ४० जना छन्। वाग्मतीमा दुई जनालाई भेन्टिलेटरमा राखिएको छ।

हिमाली जिल्लाहरू सोलुखुम्बु, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

यसरी बढिरहेको छ सङ्क्रमण
तस्बिरको क्याप्शन, यसरी बढिरहेको छ सङ्क्रमण
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space
अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमणको स्थिति. प्रदेशगत विवरण. साउन २८ गते अपराह्णसम्मको तथ्याङ्क.