कोरोना भाइरस नेपालः थप चार जनाको मृत्यु, ६३८ जनामा सङ्क्रमण पुष्टि

स्वाब सङ्कलन

तस्बिर स्रोत, RSS

नेपालमा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको र ६३८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३,९४८ छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमण छ।

अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १६,६६४ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। विगत २४ घण्टामा १७१ निको भएका थिए।

विगत छ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।

कोरोनाभाइरस

मन्त्रालयले सोमवार ३३८ जनामा सङ्क्रमण भएको र चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६७१ जना र असार १९ गते ७४० जना सङ्क्रमित फेला परेका थिए।

मङ्गलवार पुष्टि भएको सङ्ख्या दैनिक वृद्धि भएको सङ्क्रमितको तेस्रो उच्च सङ्ख्या हो।

को हुन् मृतक?

अहिले पुष्टि भएका मृतकमध्ये धनुषाका दुई जना र काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका एक-एक जना हुन्। तीमध्ये एक महिला छिन्।

कुन जिल्लामा कति सङ्क्रमितको मृत्यु भयो?. साउन ३० गते अपराह्णसम्मको विवरण. *उपत्यकामा काठमाण्डूमा ७ र ललितपुरमा २ जनाको मृत्यु.

धनुषाका ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा साउन २६ गते निधन भएको हो। उनलाई साउन ८ गते निमोनिया भई अस्पतालमा सघन उपचार कक्षमा राखिएको थियो। मन्त्रालयका अनुसार उनलाई क्षयरोग पनि थियो।

साउन २५ गते मृत्यु भएका धनुषाका ५० वर्षीय अर्का पुरुषको मरणोपरान्त परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको हो। उनी एक अस्पतालमा कार्यरत थिए। मन्त्रालयका अनुसार झाडापखाला लागी मोटरसाइकलमा अस्पताल जाँदै गर्दा उनी बेहोस भएर लडेका थिए। अस्पलाल पुर्‍याउँदा उनलाई मृत घोषित गरिएको थियो।

काभ्रेकी ५० वर्षीया महिलाको साउन २७ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। दुई दिनअघि उनी निमोनियाको लक्षणसहित अस्पताल भर्ना भएकी थिइन्। उनलाई फोक्सो र पित्तथैलीसम्बन्धी रोग पनि भएको मन्त्रालयले जनाएको छ। उनको पीसीआर परीक्षणको परिणाम साउन २७ गते आएको थियो।

गत साउन २२ गते काठमाण्डूस्थित मनमोहन कार्डियोथोर्‍यासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा मृत्यु भएका सिन्धुपाल्चोकका ८४ वर्षी वृद्धबाट सङ्कलित नमुनाको मरणोपरान्त परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। मुटु र मिर्गौलासम्बन्धी समस्यासहित उनी साउन २१ गते अस्पताल भर्ना भएका थिए।

काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १,००० नाघ्यो. . साउन २७ गते अपराह्णसम्मको विवरण.

को हुन् सङ्क्रमित?

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा सर्वाधिक १३४ सङ्क्रमित फेला परेका हुन्।

तीमध्ये काठमाण्डूका ११०, ललितपुरका १६ र भक्तपुरका आठ जना छन्।

त्यसैगरी पर्सामा ७० जना, बारामा ३९ जना, मोरङमा ३८ जना र सुनसरीमा ३३ जनामा कोभिड-१९ पुष्टि भएको हो।

मन्त्रालयका अनुसार अहिले पर्सा, रौतहट, महोत्तरी र काठमाण्डू जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

अहिलेसम्म सङ्क्रमित भएका स्वास्थ्यकर्मीको सङ्ख्या १८३ पुगेको छ।

प्रदेश अनुसार सङ्क्रमित सङ्ख्या. साउन ३० गते अपराह्णसम्मको विवरण. .
Presentational white space

के छ अरू तथ्याङ्क?

प्रदेश नं २ मा सर्वाधिक ३,३४७ र वाग्मतीमा १,३५२ सक्रिय सङ्क्रमित छन्।

देशभरि २२४ सङ्क्रमित घरमै आइसोलेशनमा र गम्भीर समस्या भएका ८३ सङ्क्रमित सघन उपचारमा छन्।

तीमध्ये तीन जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण
Presentational white space

मन्त्रालयका अनुसार क्वारन्टीनमा रहेका मानिसको सङ्ख्या ११,००० भन्दा केही बढी छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति. . साउन २७ गते अपराह्णसम्मको विवरण.