कोरोना भाइरस नेपाल: थप ६२९ जनामा कोभिड-१९ पुष्टि

परीक्षण

तस्बिर स्रोत, Getty Images

नेपालमा विगत २४ घण्टामा थप ६२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,७२८ पुगेको छ।

तीमध्ये २४ जनाको मृत्यु भएको छ भने २,३३८ जना निको भएका छन्।

विगत २४ घण्टामा ११४ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कोरोनाभाइरस

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,८२८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,९३,१९४ पुगेको छ।

अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको पुष्टि भएको छ।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार १० गते बुधवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १०,७२८कुल सङ्क्रमण

  • ७६प्रभावित जिल्ला

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ६,८२८

  • चिकित्सकीय निगरानीमा अलग्गै८,३६६

  • देशभरि क्वारन्टीनमा७८,६३९

  • अहिलेसम्म निको२,३३८

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ७८,६३९ जना क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space