तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: भदौ १ गतेदेखि उडान खोल्ने स्थिति नदेखिएको सरकारको सङ्केत
दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुन:सञ्चालन गर्ने निर्णय गरेको भएतापनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको बिहीवार सरकारका प्रवक्ताले बताएका छन्।
"जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ," सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भने।
'उदार हुन नसकिने'
पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताएका छन्।
उनले विगत केही सातायता विभिन्न देशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको उल्लेख गरे।
सुरुमा केही हजारभन्दाभन्दै करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको उनले बताए।
"सरकारको सोच के हो भने जो अलपत्रै पर्नुभएको छ र जसको उद्धारै गर्नुपर्नेछ वहाँहरूलाई ल्याउँछौँ। तर जो केही समय त्यहाँ बस्दा सुरक्षित नै हुनुहुन्छ र अलपत्रको स्थितिमा हुनुहुन्न भने वहाँहरूलाई स्थिति अलि सहज भएपछि ल्याउनु पर्ने गरि हामी छलफलमा छौँ।"
देशव्यापी लकडाउन नहुने
चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन भन्दा केही समय अगाडि देखि नै खासगरि नियमित अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन्।
देशव्यापी लकडाउन अहिले हटाइएको छ।
जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने प्रश्नको जबाफमा बिहीवार मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताए।
आर्थिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गरिदिएमा असहज स्थिति नआउने उनले बताए।
साथै स्थानीय स्थिति हेरेर अहिलेपनि दुई दर्जनजति स्थानीय तहमा विभिन्न किसिमको लकडाउन लागु रहेको र आगामी दिनमा पनि परिस्थिति हेरेर स्थानीय निकायहरूले नै त्यस्ता कदम चाल्नसक्ने उनले बताए।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा