कोरोना भाइरस नेपालः थप १०१ जनामा सङ्क्रमण, अर्का एक व्यक्तिको मृत्यु भएको पुष्टि

परीक्षण

तस्बिर स्रोत, Getty Images

विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप १०१ व्यक्तिमा सङ्क्रमण पुष्टि र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अब देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,४४५ पुगेको छ।

तीमध्ये ११,५३४ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा २८५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,८७१ मानिस देशभरि आइसोलेशनमा छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

कोरोनाभाइरस

बिहीवार १६७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

को हुन् मृतक?

मृतक सप्तरी निवासी ७३ वर्ष पुरुष भएको मन्त्रालयले जनाएको छ।

डा. गौतमका अनुसार मुटुको दीर्घ रोगबाट पीडित थिए र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत असार ३१ गते भर्ना गरिएको थियो।

त्यहाँ परीक्षण गर्दा उनमा कोभिड-१९ पुष्टि भएको थियो।

भेन्टिलेटरमा राखी उपचार भइरहँदा उनको साउन १ गते राति मृत्यु भएको हो।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,६८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ३,०८,४९८ जनाको पीसीआर परीक्षण गरिएको छ।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

साउन २ गते शुक्रवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १७,४४५कुल सङ्क्रमण

  • २८५ २४ घण्टामा भाइरसमुक्त

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,६८८

  • सक्रिय सङ्क्रमित५,८७१

  • देशभरि क्वारन्टीनमा२२,७५६

  • अहिलेसम्म निको११,५३४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

शुक्रवार पुष्टि भएका सङ्क्रमितमध्ये लमजुङका २२, रोल्पाका १३ र बर्दियाका १० जना छन्।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २२, ७५६ मात्रै छ।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?